चर्चित

थर्क बहादुर शाह
एग्रो टाइम्स ब्युरो,

कृषि प्रधान देश भनेर चिनिएको र परिचित हाम्रो देश नेपालमा कृषिमा प्रशस्त सम्भावनाहरु रहेका छन् । कृषिबाट विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न सकिने अवसरहरू रहेका छन् । एकातिर परम्परागत रुपमा चलिरहेको निर्वाहमुखी कृषि छ भने अर्कोतिर केही आधुनिक र समयानुकूल कृषि कार्य भईरहेको छ । विश्व परिवेसमा बर्तमान समयमा कृषि क्षेत्रमा भइरहेको विकास र बिस्तारको तुलनामा हाम्रो देशको कृषि तर्फको कृयाकलाप र परिणाम खासै सन्तोषजनक भने छैन् । यसका पछाडि धेरै कारणहरु छन जस्तै शिक्षा, प्रविधि, बिऊबिजन, स्थान छनौट, सिंचाई, मल, बजार, जनशक्ति, सरकारी निति नियम, भुवनोट, भुमिको वितरण आदी । समग्रमा हामि यो भन्न सक्छौं कि कृषि मा हामीले आउँदा दिनहरुमा गर्नु पर्ने कामहरु धेरै छन र अवसर र सम्भावनाहरु पनि धेरै छन् ।

बहु–आयामिक र बहु–उपयोगी क्षेत्र कृषि पर्यटन
कृषिक्षेत्र आँफैमा एउटा विशाल र वृहत क्षेत्र ओगटेको क्षेत्र हो र मानव सहित प्राणी, जिवजन्तु, हावापानी, वातावरण, आर्थिक सामाजिक विकाससँग जोडिएको र एकदमै नजिकैको अन्तर सम्बन्ध रहेको महत्त्वपूर्ण क्षेत्र हो । यसरी कृषिको वृहत्तर क्षेत्रबारे भन्नुपर्दा पछिल्लो केही समयदेखि कृषि पर्यटन पनि एक महत्वपूर्ण र नयाँ प्रवृतिकोक्षेत्रको रुपमा उदाइरहेको र विकास र बिस्तार भैरहेको छ । कृषिलाई, कृषिकर्म र पर्यटनसँग जोडेर एउटा नयाँ परिबेश र नयाँपन थप्दै बहु–आयामिक र बहु–उपयोगी बनाउन कृषि पर्यटनको अवधारणाले महत्वपूर्ण भुमिका खेल्न सक्छ । यसै कारण वर्तमान समयमा दिन प्रतिदिन कृषि पर्यटनको आकर्षण बढिरहेको छ र यस क्षेत्रमा कृषकहरु विभिन्न रुप, तरिका र किसिमले कृषिलाई पर्यटनसँग जोडेर एउटा नयाँ काम र स्वादको थालनी गर्न लागिरहेको देख्न सकिन्छ र यो एउटा राम्रो र दिगो विकास र सुरुवात पनि हो । शिक्षा प्रदान गर्ने, स्वाद प्रदान गर्ने, मनोरञ्जन प्रदान गर्ने, उत्पादन गर्ने, संरक्षण गर्ने, बजारिकरण गर्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक आर्जन गर्ने कामको लागि कृषिलाई पर्यटनसँग जोडेर अगाडि बढ्दा अत्यन्तै उपलब्धि मुलक हुन जाने देखिन्छ ।

संरक्षण र प्रसारमा कृषि पर्यटनको महत्व
कृषि पर्यटन एउटा राम्रो सम्भावना बोकेको र धेरै अतिरिक्त लगानी र काम गर्नु नपर्ने आफुसँग भैरहेको कृषिकर्म खेतीपाती, बालीनाली, खेतबारी, बगैंचा, प्रचलन, सांस्कृतिक चलन, खानपान, रितिरिवाज, उत्सव, नाचगान, कथा र गाथाहरुलाई समेत जोडेर, देखाएर, सहभागी गराएर कृषि पर्यटन बाट भरपुर आनन्द लिन र दिन सकिन्छ । एउटा आफनो वा आफ्नो ठाउँको ब्राण्ड समेत बनाएर कृषि पर्यटनको आकर्षण स्थापित गरी जसबाट हुने अतिरिक्त आम्दानी कृषि पर्यटन को महत्वपूर्ण पक्ष हो । यसबाट हुन जाने संरक्षण, ऐतिहासिक जानकारी, पौराणिक विधि, रहन–सहन जस्ता गतिबिधिले कृषि पर्यटनको सम्भावना र फाइदालाई बढाउन मद्धत पुर्याउँछ।

प्राकृतिक वातावरण र जैविक विविधतासँग कृषि पर्यटन
हाम्रो भौगोलिक विविधता पनि कृषि पर्यटनका लागि अत्यन्त सहयोगी र महत्वपूर्ण छ । विभिन्न मौसम, प्राकृतिक वातावरण, जैविक विविधता, धार्मिक र साँस्कृतिक विविधता हाम्रो कृषि पर्यटनका लागि अत्यन्तै महत्वपुर्ण, उर्वर र सहयोगी तत्वहरू हुन् । कृषि पर्यटनको स्वाद र परिवेश कहिल्यै मन नअघाउने, नयाँपन र उर्जादिने, रोमान्चक बनाउने, प्रतक्ष्य सहभागी गराउने माध्यम भएकाले यसको प्रचुर सम्भावनाहरू छ । हामीले कृषि पर्यटनको धेरै भन्दा धेरै उपयोग, प्रयोग र विकास गर्न सक्छौँ । प्रचुर सम्भावना बोकेको र बहु–आयामिक परिबेश बोकेको कृषि पर्यटन हाम्रो आन्तरिक र बाह्य पर्यटन का लागि अत्यन्त महत्वपुर्ण रहेको भन्न सकिन्छ । समयानुकूल कृषि पर्यटनमा विभिन्न विविधता थपेर थप आकर्षक, शिक्षामुलक र आनन्ददायी बनाउन सके पर्यटकहरूको संख्या मज्जाले बढाउन सकिन्छ ।
हाम्रा उत्पादनलाई कृषि पर्यटनसँग जोड्नुपर्छ
हाम्रो कृषिलाई कृषि पर्यटनसँग जोडेर अगाडि बढाउन सके यसबाट मनग्य फाईदा लिन सकिने अथाह सम्भावनाहरू छ । स्याउ, केरा, सुन्तला, आलु, सिस्नो, कोदो, फापर, अदुवा, काफल, मह, चिज, लालिगुराँस, धान, मकै, जौ, उवा, चिनो, कागुनो, लट्टे, गेडागुडी, माछा, पशुपंक्षी, जडिबुटी, कृषिवन, टिमुर, अदुवा, बोटबिरुवा, तरकारी, घट्ट, जातो, ढिकि, कोल, डोको, डालो, नाम्लो, खर्पन, कृषि औजार, भकारी जस्ता कृषिजन्य विभिन्न रुपहरु र गतिबिधिहरु देखाएर, खुवाएर, टिपाएर, संलग्न गराएर, पकाएर, बनाएर कृषि पर्यटनको माध्यमबाट अथाह अतिरिक्त फाइदा लिन सकिने कृषि पर्यटन को सम्भावना असिमित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय