नेपाल कफी व्यवसायी महासंघ र नेपालस्थित जर्मन दूतावासका प्रतिनिधिहरुबिच भेटबार्ता भएको छ । संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्ज, मिसनका उपप्रमुख डा. स्टेफन रुसेक र सुसेन वेराउच बीच भेटवार्ता सम्पन्न भएको छ ।
नेपाल कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोखरेलले नेपाल र जर्मनीबीचको कफी व्यापारका विभिन्न पक्षमा छलफलको नेतृत्व गरेका थिए । उनले जलवायु परिवर्तनका सम्भावना र चुनौतीका बारेमा प्रकाश पारेका थिए, साथै, पोखरेलले साना किसानको सशक्तिकरण, कफी सहकारीको प्रवद्र्धन र नेपालको कफी उद्योगमा महिलाको भूमिकाको महत्व र प्रवद्र्धनमा सबैले जोड दिनुपर्ने बताएका छन् ।









