कोदोजन्य बालीको भर, स्वस्थ जिवनको आधार भन्ने नारासहित कोदोको महिमा र महत्वको विषयमा बृहत संवाद हुन लागेको छ । राष्ट्रिय कृषक समुह महासंघ, नेपालको आयोजना तथा रैथाने एग्री प्रडक्ट्स प्रा.लि., द मूलमन्त्र इंडिया र आयुर्वेदिक चिकित्सक संघको सहकार्यमा कोदोजन्य बालीको महत्व, प्रवर्द्धन र यसको औषधिय गुणको विषयमा अन्तराष्ट्रिय स्तारको कोदो संवादको अन्तिम तयारी भैरहेको छ ।
आज अर्थात चैत्र १६ गते काठमाडौँको अनुपम पार्टी प्यालेसमा हुने संवादमा पद्मश्री डा. खादर वल्ली Scientist homeopathic doctor and millet export “the millet man of India”द्वारा सम्बोधन हुँदैछ । अन्तर्राष्ट्रियस्तरको कोदो सम्बन्धी बहसमा सहभागी हुन सबैमा आयोजकले अनुरोध गरेको छ ।









