चर्चित

सहकारीमा सुशासन, प्रविधि र एकीकरणको मुल नारा सहित ६७ औँ राष्ट्रिय सहकारी दिवस देशैभर मनाईको छ । यसै अवसरमा अलौकिक सपनावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले समेत ६७ औँ राष्ट्रिय सहकारी दिवसमा आफ्ना विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको छ ।

संस्थाका संचालक समिति, उपसमिति तथा कर्मचारीहरू समेतको सहभागितामा कार्यक्रम सम्पन्न गरेको थियो । सामाजिक उत्तरदायित्य कार्यक्रम अन्तरगत स्थानिय स्थित ज्ञात अज्ञात शहिद स्मृति उधान सरसफाई कार्यक्रम आयोजना गरिएको थियो । सबल समाज, उधानका पदाधिकारी, जागरुक युवा समाज तथा स्थानियहरूको विशेष सहयोग रहेको उक्त कार्यक्रममा पार्क लगायत क्षेत्रमा सरसफाई गरिएको थियो ।

त्यहाँबाट संकलित २५ बोरा फोहोरलाई व्यवस्थापन गर्दै स्मृतीको रूपमा धुपिको बिरुवा रोपिएको कार्यालयका प्रशासकिय अधिकृत रजुन सिग्देलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय