चर्चित

सुशिल आचार्य, काठमाण्डौँ ।
काठमाडौको गोकर्णेश्र्वर नगरपालिकाको किसीगालमा रहेको उत्तरबाहिनी बोर्डिङ्ग स्कुलको आयोजनामा गत चैत्र २५ गतेदेखी चैत्र २८ गतेसम्म आयोजित ४ दिने मन्टेश्वरीमा आधारित शिशु कक्षा तथा ग्रेड टिचिङ्ग सम्बन्धि शिक्षक तालिम सफलतापुर्बक सम्पन्न भएको छ ।
काठमाडौकै डिल्लिबजारमा रहेको तपस कन्सल्टिङ एण्ड ट्रेनिङ्ग इन्स्टिच्युटमा आवद्ध तालिम सहजकर्ताहरू रेनु सुब्बा लामा, मनिषा थापा, सुस्मिता थापा तथा रुबिना पुनले तालिमको सहजिकरण गरेका थिए । तालिममा आयोजक बिद्यालयमा अध्यापन गराई रहेका २३ जना शिक्षिकाहरूले भाग लिएका थिए । तालिमका सहजकर्ताहरूले सहभागीहरूलाई विभिन्न विधिबाट कसरी कक्षामा अध्यापन गराउने, पाठ्यक्रममा आधारित बिषयबस्तुलाई खेल, कथा, गीत, अभिनय, गीत गायन र बालमैत्री शिक्षण बिधी अपनाउँदै कक्षा भित्र र कक्षा बाहिरको शिक्षण बिधिहरूको जानकारी कसरी गराँउने भन्ने बारेमा प्रष्ट पारेका थिए ।
साथै प्रशिक्षकहरुले कक्षा कोठाको सजावटका लागि आर्ट एण्ड क्राफ्टका लागि आवश्यक सिपहरू समेत प्रदान गरेका थिए । तालिम समापनको अन्तिम दिनमा तपस कन्सल्टिङ एण्ड ट्रेनिङ्ग इन्स्टिच्युटको तर्फबाट संस्थाकी संचालक प्रतिनिधि निलम महर्जनले तालिमका सहभागीहरूलाई तालिमको प्रमाण पत्र प्रदान गरेकि थिइन् । कार्यक्रममा उत्तरबाहिनी बोर्डिङ्ग स्कुलको तर्फबाट बिद्यालयका प्रधानाध्यापक ज्ञानलाल श्रेष्ठले तपस कन्सल्टिङ एण्ड ट्रेनिङ्ग इन्स्टिच्युटलाई प्रशंशा पत्र तथा सहजकर्ताहरूलाई मायाँको चिनो समेत प्रदान गर्दैै आगामी दिनहरुमा समेत यस्तै सहकार्यमा जोडिन आग्रह गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय