
गोकर्णेश्वर नगरपालिकाका नयाँबस्ती काठमाडौ अबस्थित चाल्र्स डार्विन एकेडेमीको आयोजनामा आधारभुत बाल भित्ते पत्रिका प्रकाशन तालिम सम्पन्न भएको छ । स्कुलको सभाहलमा सम्पन्न भएको तालिममा सोहि स्कुलमा रहेको रेड हाउस, ब्लु हाउस, ग्रिन हाउस र एलो हाउसका गरि ५५ जना बिद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
तालिमको सहजीकरण भने बाल अधिकार अभियन्ता तथा बाल साहित्यकार सुशील आचार्यले गरेका थिए । उनले सहभागीहरूलाई सञ्चार भनेको केहो ? संचारको महत्व किन हुन्छ ? बाल भित्ते पत्रिका भनेको के हो ? बिद्यालय तथा समुदायमा बाल भित्ते पत्रिकाको के महत्व छ ? भन्ने कुराहरूको जानकारी गराएका थिए । साथै उनले बाल भित्ते पत्रिका प्रकाशन गर्ने शैद्धान्तिक तथा व्यवहारिक ज्ञानको समेत जानकारी प्रदान गर्दै बाल बालिकाहरूलाई बाल भित्तेपत्रिका प्रकाशन गर्न उत्प्रेरणा प्रदान गरेका थिए । सोहि उत्प्रेरणाका कारण सहभागी बालबालिकाहरूले आ–आफ्नो हाउस मार्फत एक–एक वटा आकर्षक बाल भित्ते पत्रिका पनी प्रकाशित गरेका थिए ।