
तोयनाथ तिवारी
बाल अधिकार अभियन्ता
बसन्त यामको समय आयो, खेत बारी अनी ठाउँ, ठाउँमा हरियाली छायो ।
बोट बिरूवामा पालुवा पलायो, हिउँदे बाली झिकेको जमिन छ ।।
धेरै भन्दा धेरै छ बाँझो, पानी पर्छ अनी खेत बारी खनजोत गर्नुपर्छ
खडेरीले गर्दा पात पतिङगर, भांचिएका हाँगाबिगा सुकेका छन्
धेरै ठाउँमा आगलागी भएका छन्, लाखौं चरा चुरूगी र किरा फटयांग्रा मरेका छन् ।।
कैँयौँ बाँचेका पनि अङग भङग भएका छन्, धेरै धन र जनको भएको छ नोक्सान
धुवाँ र धुलोले प्रदुषण बढायो, प्रदुषणका कारण जीवन शैली नै बिगारो ।।
बाल बालबालिका र बुढा बुढाबुढि लागि सासफेर्न गारो भो ।
खोला, कुवा, पोखरी सबै तिर पानी सुकेको छ ।
पानी पार्नका लागि देवदेवताको आराधना गरेको छ ।।
कतै भ्यागुताको जोडीलाइ पुजा आजा गरेको छ
दुबईमा कृतिम तरिकाले पानी पारेको छ
पानी पर्ला खेत बारी जोतौँला
बारीमा मकै छरौँला, खेतमा खनजोत गरेर धान रोपैला
आफ्ना बाल बालिका र अभिभावक पालौँला, आफ्ना बाल बालिका र अभिभावक पालौँला ।।