
बाला पनमा बिहेवारी गर्यौ, दुखका चाँङसँग
प्रतिष्प्रधा गर्दा गर्दै प्रतिष्प्रधाको दौडाहामा लाला, बाला जन्मायौ ।
न त पेटभरी खायौं, न त राम्रो लायौ
कोखाई कोखाई भन्दै आफ्ना छोरा छोरी हुर्कायौ
क ख ग घ भन्दै छोरा छोरी पढायौ
दुख र कष्टकर जिवन सहजको बाटोमा हिँडायौ
अब राम्रो लाउने अब मिठो खान पान गर्ने सपना देखायौ
नत राम्रो लायौ, नत मिठो खायौ
छोरा छोरी घरपरिवार सबैलाई छोडी आफै बिलायौ
गाउँ घर नाता गोता कुटुम्ब सबै लागि रूवायौ
आमा सबै लागि रूवायौ
आमा सबै लागि रूवायौ
लेखक
तोयनाथ तिवारी
बाल अधिकार अभियन्ता
काभ्रेपलान्चोक मण्डनदेउपुर न पा ९ रानिटार