चर्चित

नेपाल दृष्टिविहिन कल्याण सँघको आयोजना तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहकार्यमा लगनखेल, ललितपुरमा रहेको नमुना मछिन्द्र माविमा ब्रेल लिपिमा अध्ययनरत विधार्थीहरुलाई लक्षित गरी आँखाको न्यून दृष्टि जाँच सम्पन्न गरेको छ । उक्त आँखा शिबिरमा नेपाल आँखा अस्पतालबाट दृष्टि एवं न्यून दृष्टि विषेशज्ञ डा. अरुण प्रसाद ढुंगाना, आउटरिच कार्यक्रम संयोजक राम केसी लगायतको टिमबाट न्यून दृष्टि परिक्षण गरिएको थियो । जहाँ ब्रेल लिपिमा अध्ययनरत ३५ जना विधार्थीहरुमा जाँच गरीएको थियो । जसमध्ये १२ जना विधार्थीलाई न्यून दृष्टिको विभिन्न उपकरण प्रयोग गरी ब्रेल लिपिबाट सामान्य छाँयामा फर्काउन सकिने भेटिएको बरीष्ठ दृष्टि विशेषज्ञ डा.अरुणले ढुंगानाले बताए ।

उक्त कार्यक्रममा न्यून दृष्टि उपकरणबाट देख्न पाउँदा जिबनमा नँया आशा पलाएको एक जना विधार्थीहरुले अनुभव राखेका थिए । सामुदायिक विधालयमा अध्ययनरत गरिब तथा जेहन्दार विधार्थीलाई न्युन दृष्टि सेवा दिई जीवनकालमा आशाको दियो बालेकोमा आँफुलाइ खुशी लागेको आयोजक तर्फबाट राम केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय