चर्चित

सुशिल आचार्य
बाल साहित्य अभियन्ता

जेठ असार लागेपछि पानी पर्दछ ।
अनी किसान रोपाँई गर्न अघि सर्दछ ।।
भोक प्यास केहि नभनी रोपाँई गरेपछि
जब मंसिर लाग्छ भकारी नै भर्दछ ।।

सुन साथी कुरा गर्छु अति मन छुने
असारको पन्ध्र कस्तो रमाईलो हुने ।।
किसानहरू रोपाँई गर्छन दहि च्युरा खाई
गोरस खान पिर छैन घरमै बस्तु दुहुने

काममा जाँदा ख्याल गर हुन सक्छ ढिलो
बर्षा याम लाग्दा बाटो तिर हुन्छ हिलो ।।
आफ्नो काम गर्न कृषक तिमी जहिले पनी
एक पेट खाना खाई हिड्नु सारो होस या गिलो ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय