चर्चित

च्याउ उत्पादक किसान संघ नेपालले पश्चिम नेपालका केही जिल्लाहरुमा गएर गुच्छी च्याउको अवलोकन तथा अनुसन्धान गरेको छ । २०८१ वैशाख २७ गतेदेखी जेठ २ गतेसम्म संघले स्थानीयहरुको सहयोगमा दैलेख, कालिकोट, जुम्ला, मुगु लगायतका जिल्लाहरूका उच्च पहाडी क्षेत्र अर्थात लेक लेक भएका इलाकाहरूमा यो च्याउको अवलोकन तथा खोज अनुसन्धान गर्ने काम पुरा गर्दैछ ।

यदी हाम्रो परिक्षण सफल भएको खण्डमा यो च्याउलाई उचित वातावरणमा व्यावसायिक च्याउ खेती गरिने कुरा च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष सन्तोष कार्कीले बताए । कार्कीसँगै गएको समुहले गुच्छी च्याउको व्यापक खोजी गर्दै फिल्डमै कल्चर टेस्टट्युब गरी परिक्षणको अवस्थामा राखेको थियो । साथै अलिकली ताजा च्याउ संकलन गरी साथमा ल्याएको थियो । च्याउ उत्पादन किसान संघ नेपाल र अखिल नेपाल किसान महासंघ नेपालको टोलिलाई दैलेख, कालिकोट, जुम्ला र रारामा स्थानिय किसानहरूको भिन्दा भिन्दै समुहले फुल– मालाका साथ दोसल्ला ओढाई स्वागत समेत गरेका थिए ।
च्याउ उत्पादक किसान संघ नेपालका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज विजय ज्ञवालीले कर्णाली प्रदेश भित्र रहेका च्याउहरूको प्रचार प्रसार, विकास र च्याउ उधमको प्रमोशन गर्न लागिरहँदा युगौँ देखि उत्पादन भैँ पहिचान नखुली वन जङ्गल भित्र नै कुहिएर खेर गएका अनेकौँ पोषणयुक्त औषधी जन्य गुण र रोगप्रतिरोधात्मक क्षमता भएका प्राकृतिक रैथाने च्याउ बालीहरू गुच्छी, याचा, गानोडर्मा, टर्कीटेल लगाएत सेवन गर्न मिल्ने कैयौँ च्याउ जन्य जडीबुटीहरूलाई न्याय गर्न लागिएको महसुस गरे ।

च्याउ उत्पादक किसान संघ नेपालका निवर्तमान अध्यक्ष एवम् किसान महाँसंघ नेपालका उपमहासचिव पिएन अधिकारीले च्याउ उत्पादक किसान संघको यो महाँन कामको प्रशंसा गर्दै राज्य चलाउने केही आमुख व्यक्तिहरूको उदासिन कामको खुलेर विरोध गरे ।

च्याउ उत्पादक किसान संघ नेपालका सचिव रमेश सापकोटाले संघले यसरी विभिन्न औषधिय गुणले निपुर्ण र पोषिला च्याउहरुको अवलोकन गर्दै अनुसन्धान गर्दै गर्दा महत्वपूर्ण सम्भावनाको खोजी र अवसरको श्रृजना बताए । जुम्ला निवासी प्रतिमा बुढा, खम्बिनी बुढा , गङ्गा बिष्ट, सुनिता बोहरा, डबल महतरा, लालकली बिष्ट, धिरेन्द्र बिष्ट लगायतका व्यक्तिहरुको समेत यस कार्यमा उपस्थिती भएर अवलोकन गराउन सहजीकरण गरेकोमा सबैले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय