
नाम : निर्जरा शर्मा
कक्षा : ९
सर्वनाम शिक्षालय काठमाडौँ जोरपाटी
शिर्षक ःनेपाली विषय र भाषा नेपाली
मेरो जन्मभूमि जम्बुदुपे राष्ट्रिय
जहाँको प्रचलित छ है भाषा नेपाली
विद्यार्थीको लागि छ नि अनिवार्य
मन मलाई पर्ने विषय नेपाली
नेपाली भाषा सजिलै छ नि
जम्मा अर्थहरूले झुकाँउछ
लेख्न पो सजिलो छैन नि
इकार र ईकारले झुकाँउछ
छैन नि है त्यति पनि गार्हो
गुरूले नै सबै समस्या हेर्नेछन्
अर्थ र शब्दभण्डार सबै सार्हो
शिक्षकले सजिलै सिकाउनेछन्
मातृभाषा बोल्न लेख्न सिकाँउछ
साहित्यकारको साहित्य देखाउँछ
बुज्छु म सबै भाषाले सघाउँछ
जान्छु म जे पुस्तकले देखाँउछ
नयन खोली हेर सजिलै छ
व्यर्थ डराइन्छ है स्वभाषाबाट
हो कथ्य र लेख्य पो गार्हो छ
छैन गर्हो सहायता लिन शिक्षकबाट