सुशील आचार्य
बाल साहित्यकार
आहा कति रमाईलो हाम्रो गाउँघर,
चारैतिर हरियाली यसको वरपर ।
कतै तिर बगैँचा छ कतै फुलबारी,
झ्याम्म पर्या बनजंगल आहा खोला पारी ।।
कृषि कर्म अंगालेका दिदी दाजुभाईले,
पशुपालन गर्दा दुध दिन्छ भैसी गाईले ।
बाख्रा पनी पालेका छन् कुखुरा र खसी,
घरकै कामले आम्दामी छ आफ्नै गाउँमा बसी ।।
त्यसैले त सबै खुशी हाम्रो गाउँघरमा,
रमाउँदै जिवन जिउँछन् है कृषिकै भरमा ।।









