
रचनाकार
शान्ता लम्साल
शिक्षिका, बालसृजना मा वि
नेपाल हाम्रो प्रकृति राम्रो विश्वले चिनेको
सुनिन्छ यत्र सर्वत्र तिर भगवान हिनेको ।
बनावट उस्तै हिमाल अनि पहाड तराई
नेपालीपन एकता उस्तै को छर पराई ।।
आजकल बरु प्रदुषण ज्यादा गएछ बढेर
बनाउँ सफा प्रकृति हाम्रो हातेमाल गरेर ।
संरक्षण गर्न सकेमा यसको पर्यटक आउलान
विकासदेखि राज्यको राम्रो युवानी रम्लान् ।।
पग्लेर हिँउ भिज्लानी पाखो तराई सिञ्चित
गरेर कृषि उब्जेला अन्न छैन पिर किञ्चित ।
स्वर्गको एक टुक्राको हामी गरौँ न संरक्षण
पाउनु के छ बिगारी व्यर्थ हाम्रो यो पर्यावरण ।।
गरौँ न अन्त्य प्रदुषण अनि धुलो र धुवाँको
स्वर्गको टुक्रा पाउनु पनि भाग्यको कुरा हो ।
नगरौँ ढीला नगरौँ अल्छि नबनौँ स्थार्थी नी
रोपेर रुख जोगाउँ वन हामीले बर्षेनी ।।
जाग हे युवा–युवती सबै उठ हे आमा बा
प्रकृति राम्रो पर्यावरण स्वच्छ गरौँ न निर्माण ।
नहेरौँ बाटो नताकौँ मुख अब त कसैको
रक्षित गर्नु राष्ट्रको सबै हो हाम्रो दायित्व ।।
अन्तत फेरी म बिन्ति गर्छु नेपाली सबैमा
प्रकृति पर्या जगेर्ना गर्नु छ हाम्रो जिम्मामा ।
हिमाल चाँदी पहाड सुन तराइ झुलाउँ
गरेर राम्रो विश्वको सामु यो छाति फुलाउँ ।।