चर्चित

साना साना भाईबहिनी पढ्ने तिम्रो रहर
अनी रमाएर घुम्ने गाउँ बेशी शहर ।
तिम्रो लक्ष्य ठुलो छ धेरै पढ्ने लेख्ने
अनी भविश्य सोच्दै मिठो सपना देख्ने ।।

ल है यस्तो बेलामा धेरै लेखपढ गर
तर जे जस्तो पर्ला बालश्रम नगर ।
तिम्रा साथिभाईले धेरै लेखपढ गर्दछन्
आफ्नो बिकास गर्न अघि अघि सर्दछन् ।।

त्यसैले लौ बाला हो अब अघि नै सर
सानो उमेर देखी उन्नती नै लौ गर ।
निरंतर राख है तिमीले पढने क्रम
तर कहिले पनी नगर है बालश्रम ।।

यति कुरा बताएँ मेरो बाबुनानीलाई
सधैभरी बस है अति धेरै सुख पाई ।।
बुझ्नु पर्छ तिमीले बालहकका कुरा
पाउनु पर्छ तिमीले बाल्याबस्थामा पुरा ।।
यति कुरा बताएँ मैले जे जती जानेँ

दुःख हुन्न जिवनमा यो कुरालाई मानेँ
यति कुरा बताएँ मैले जे जती जानेँ ।।
दुःख हुन्न जिवनमा यो कुरालाई मानेँ
यति कुरा बताएँ मैले जे जती जानेँ ।।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय