नेचुरल अर्गानिक कृषि प्रणाली आवश्यकताको लागि बिषादीरहित कृषि पद्धतीमा प्रतिबद्ध नारा सहित सगरमाथा बायोटेक्नोलोजिकल प्रा.लि.ले सबै प्रकारका कृषिबाली, पशुपंक्षी तथा मत्स्य उत्पादनका लागि चितोसान मल्टिप्लस बजारमा ल्याएको छ । चितोसान मल्टिप्लस अर्थात प्राउन सेल इग्ज्याक्ट पुर्ण रुपमा प्राकृतिक उत्पादन हो । थाइल्याण्डमा उत्पादित यस वस्तु अर्थात चितोसान मल्टिप्लस कृषिबाली, पशुपंक्षी तथा माछाहरुको उत्पादनको लागि बहुउपयोगी प्राकृतिक पोलिमर हो । जुन समुन्द्रि माछाको बाहिरी खोलको समिश्रणबाट उत्पादन हुने गर्छ ।
स्वस्थ तथा हृष्टपुष्ट पशुपंक्षी तथा माछाहरु
चितोसान मल्टिप्लसमा प्रचुर मात्रामा प्रोटिन र क्याल्सियम रहेको छ । यस बस्तुको प्रयोगबाट पशुपंक्षीले खाएको खाना अथवा दानामा पाईने पौष्टिक तत्वलाई तुरुन्तै ग्रहण गर्न मद्धत हुन्छ र स्वस्थ तथा हृष्टपुष्ट पशुपंक्षी तथा माछाहरु उत्पादन हुन्छ । किनभने चितोसान मल्टिप्लसको प्रयोगबाट पाचनप्रकृयामा सन्तुलन राख्नुको साथै डायरिया कम हुने, चिल्लोको मात्रा कम हुने, मांशपेशी बढ्ने र फुर्तिलो रुपमा पशुपंक्षीहरु स्वभाविक समय भन्दा कम समयमा नै हुर्कन्छन्, साथै चितोसान मल्टिप्लसलाई माछापोखरीको पानी सफा गर्ने विधि अर्थात वेस्ट वाटर ट्रिटमेन्ट मेथड को रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
मृत्युदरमा कमी, दाना खपतमा कमी, एन्टिबायोटिकमा अत्यन्तै न्युन
चितोसान मल्टिप्लसको प्रयोगले मृत्युदरमा कमी, दाना खपतमा कमी, एन्टिबायोटिकमा अत्यन्तै न्युन, पशुपंक्षीको तौलमा समेत वृद्धि, उत्पादनको स्वादमा समेत गुणस्तर हुने गरेको छ । चितोसान मल्टिप्लसको प्रयोगले पोखरीको पानीमा रहेको फोहोरको भिल्लिहरुलाई विस्तारै किनारातिर सार्दै लान्छ, जसले गर्दा पानी स्वच्छ र सफा भएको समेत स्पष्ट रुपमा देख्न सकिन्छ । प्रतक्ष्य रुपमा पोखरीमा भएका एमोनिया लगायत हानिकारक जिवाणु नष्ट गर्दछ र पानीमा अक्सिजनको मात्रा बढाउन मद्धत गर्दछ । उत्पादन लागत पनि कम, एन्टिबायोटिक प्रयोगमा समेत कमी आएको कारण उत्पादन लागत समेत कम भएको र फार्म वरीपरीको गन्धमा समेत कमी आएको प्रयोगकर्ता किसानहरुको अनुभव छ ।
कृषिबाली, पशुपंक्षी तथा माछाहरुको उत्पादनको लागि बहुउपयोगी प्राकृतिक पोलिमर भएको कारण चितोसान मल्टिप्लस निकै प्रभावकारी भएको छ । मानिस, जनावर तथा वातावरणमा कुनै पनि नकारात्मक असर नगर्ने र उत्पादन र उत्पादकत्व समेत बढाउने हुनाले चितोसान मल्टिप्लस एउटा कृषिबाली, पशुपंक्षी तथा माछाहरुको उत्पादनको लागि बहुउपयोगी रहेको छ । अर्गानिक कृषिको लागि चितोसान मल्टिप्लस महत्वपुर्ण संवाहक समेत बन्न सक्ने हुनाले पनि यसको प्रयोगमा तिव्रता ल्याउनुपर्ने कम्पनीको जोड छ ।
रोगसँग लड्ने क्षमतामा वृद्धि
चितोसान मल्टिप्लसको प्रयोगले विषादी ग्यास जस्तै हाइड्रोजन सल्फाईड, एमोनिया तथा नाइट्रो यौगिकहरूमा कमी, अन्य बायोटिकहरुको प्रयोगमा कमी, मृत्युदरमा कमी, उत्पादन लागत र समयमा कमी, गुणस्तरीयमा उत्पादनमा वृद्धि, रोगसँग लड्ने क्षमतामा वृद्धि, पाचन प्रक्रियामा वृद्धि, बोसोको मात्रामा कमी भई मांशपेशीमा वृद्धि, विषादी रहित भएकोले पशु तथा प्रयोगकर्तामा कुनै नकारात्मक असर नगर्ने यसको प्रयोग निकै उपलब्धिपुर्ण छ ।
उत्पादन लागतमा कमी, सकारात्मक वातावरणीय प्रभाव
किसानहरुको सन्तुष्टिले आँफुहरु उत्साहित भएको र यसकै प्रसारमा लागिरहेको कम्पनीका संथापक प्रज्वल कार्कीले बताए । साथै उनले देशैभरका किसानलाई यसको प्रयोग गर्न समेत सुझाउछन् । चितोसान मल्टिप्लसको प्रयोगबाट कृषि बाली, पशुपंक्षी तथा मत्स्य उत्पादनमा आएको उत्पादन र उत्पादकत्व वृद्धि भएको परिवर्तन केही दिनमा नै थाहा हुने भएकाले ग्राहक तथा किसानहरु स्वभाविक रुपमा सन्तुष्ट छन् । स्वयं आफैले चितोसान मल्टिप्लस को प्रयोगपछि फरक पर्न जाने मूल्य, उत्पादन, समय, लागत, श्रम तथा वातावरणीय प्रभाव आदि कुराहरु अनुभव गरी मूल्याङ्कन गर्न सकिन्छ, त्यसैले चितोसान मल्टिप्लस को प्रयोगले मानिस, जनावर तथा वातावरणमा कुनै पनि नकारात्मक असर गर्दैन बरु यसले उत्प्रेरकको रुपमा काम गरी उत्पादन, उत्पादकत्वमा वृद्धि, अन्य बायोटिकहरुको प्रयोगमा कमी, उत्पादन लागत र समयमा कमी, रोगसँग लड्ने क्षमतामा वृद्धि समेत गर्ने भएको चितोसान मल्टिप्लसको प्रयोग सबै किसानहरुका लागि महत्वपुर्ण सावित बन्न सक्छ ।









