चर्चित

रचना : सुशील आचार्य
बाल अधिकार अभियन्ता तथा बाल साहित्यकार

आहा आज रमाइलो छ जताततै किन
बुझ्दा खेरी रेछ भानु जयन्तीको दिन ।
अठार सय एकहत्तर साल असार उनान्तिसमै
भानु जन्मे तनहुँको चुँदी रम्घा गाउँमै ।।

बाबु थिए धनञ्जय वाजे श्री कृष्णले
राम्रो राम्रो काम गर्न धेरै ज्ञान दिए ।
भानु अति प्रभावित थिए एक घाँसीबाट
त्यही भएर रामायण पनी लेख्ने गरे आँट ।।

संस्कृतमा लेखीएको रामायणलाई
नेपालीमा उल्था गरे छन्दमा नै बनाई ।
घाँसि भन्थे घाँस काटेर कुवा नै खनाई
बटुवालाई पानी खुवाउँछु खुशी नै बनाई ।।

मान्छे जब जन्मीन्छ लौ नाम राख्न भनी
अर्ति वुद्धी दिने घाँसी उदार नै बनी ।
यहि ज्ञानको प्रेरणाले भानु अघि बढ्दै
कविता नी लेख्न थाले उनले संस्कृत पढ्दै ।।

कविताको रचना कि सार्है  थियो
र त नेपालीमा रामायण लेख्ने बनाइ दियो ।
कविता र किताव पनी धेरै लेख्या छन्
ति सृजना पढ्दा हाम्रो रमाउँछ मन ।।

भानुलाई ज्ञान थियो राजनीतिक अनी
सामाजीक र साँकृतिक चेतना नै पनी ।
अनुसन्धानकर्ता जस्तै समाजमा जे देख्थे
यसैलाई आधारमानी कविता नै लेख्थे ।।

यहि भएर सरकारले विभुती भनेर
अति राम्रो सम्मान दियो खुशी नै बनेर ।
आऔ अब हामी पनी कुराकानी गरौँ
भानुको यो पथमा लाग्न सधै अधि सरौं ।।
भानुको यो पथमा लाग्न सधै अधि सरौं ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय