
प्रदेश सरकार र पन्चकन्या गाँउपालिकाको साझेदारीमा २०८१ असार २२ गते देखी आषाढ ४ गतेसम्म आधारभूत मौरीपालन तालिम सम्पन्न सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा गाँउपालिकाकि उप–प्रमुख बिमला केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । १५ दिनसम्म सन्चालन भएको तालिममा स्थानीय २५ जना महिला सहभागिहरुलाई नेपाल मौरीपालक महासंघ नुवाकोट शाखा अध्यक्ष, एवं नुवाकोट जिल्लालाइ मौरीमय बनाउने अभियानमा अहोरात्र लागि परिरहने मौरी बचाउ अभियानका अभियन्ता, आधुनिक मौरी फार्म तथा घार उधोगका संचालक भिमप्रसाद अधिकारीले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा सहजकर्ता भिमप्रसाद अधिकारीले १५ दिने तालिमले मौरीपालन सम्बन्धित सहभागीहरुलाई धेरै कुराको जानकारी भएको र परम्परागत रुपमा पालिएको मौरीपालनबाट भन्दा आधुनिक तरिकाले मौरी पालन गर्दा बढि लाभ उठाउन सकिने कुरा जानकारी पाएकोले यस भेगमा आधुनिक मौरी पालन सुरुवात गर्न यस तालिमले सहयोग गर्ने जानकारी दिए । साथै उनले पन्चकन्या वातावरणिय हिसाबले मौरी पालन ब्यवसाय गर्न योग्य ठाउ भएकोले सहभागी हरुलाई व्यवसाय गर्न र यसको लागि लागि आवश्यक प्राविधिक सहयोग मौरीजन्य सामाग्रीहरू को लागि सदैब सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विशेष अतिथीको रुपमा रहेका पालिकाका प्रमुख प्रसाशकिय अधिकृत कृष्ण हरि पौडेलले तालिममा सिकेको कुरा व्यवहारमा उतार्न र आगामी आब मा व्यवसायिक मौरीपालक किसानहरू लाई आवश्यक सहयोग गर्ने, तालिम लिएर काम नगर्ने व्यक्तीलाई अर्को कार्यक्रममा सहभागि नगराउने समेत जानकारी गराए । सोही कार्यक्रममा प्रमुख अतिथीकि रुपमा रहेकी पालिका उप प्रमुख बिमला केसीले गाउँपालिका सधैं किसानको हितमा काम गर्ने र यस व्यवसाय संचालन गर्न, आगामी दिनहरुमा अनुगमन समेत गर्ने अगुवा रुपमा काम सन्चालन गर्ने महिला उधमि महिलालाई आवश्यक सहयोग गर्न, उत्कृष्ट व्यवसायीहरुलाई सम्मान समेत गर्ने कार्यक्रम राख्नेभएकाले पुरस्कृत हुन तयार रहेकोले ढुक्क भएर व्यवसाय गर्न आग्रह गरिन् ।