चर्चित

सुशील आचार्य
रचना : बाल साहित्यकार तथा बाल अधिकार अभियन्ता

आहा कति रमाइलो हाम्रो गाउँघर
पेशा अनी जिवन धान्न कृषिकै छ भर ।
धेरै जस्तो जनशक्ती कृषी कर्म गरी
सधैभरि रमाउँछन भकारी नै भरी ।।

चारैतिर हरियाली हाम्रो गाउँघरमा
खेतीपाती गरिन्छ है मेलापातको भरमा ।
फलफुल खेती गरि सबै रमाएर
कोही हुँदैनन फुर्सदिलो पेशा समाएर ।।

आफ्नो काममा अधि सरि ामाइलो गर्ने
फलफूल अन्नतरकारीले भकारी नै भर्ने ।
अती मिहेनती हुन्छन गाउँका दाजुभाई
आदर नमस्कार गर्छु दिदीवहिनी लाई ।।

कृषि कर्म अंगालेर सबै ब्यस्त बनी
आत्म निर्भर भएका छन स्वरोजगार पनी
कसरत गर्ने होइन काम गरि गरि
अति स्वास्थ देखीन्छन खुशी मनभरी ।।

यस्तो कृयाकलाप हेर्न गाउँघर जाउँ
कृषक दाजुभाई दिदीवहिनी भेटदै आउँ ।
किन्दै गाउँघरकै फलफुल अनी सब्जी अन्न
ताजा तागतिलो खाई सधै लौ निरोगी बन्न ।।

ताजा तागतिलो खाई सधै लौ निरोगी बन्न ।।।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय