
कृषि बजार व्यवसायीक कृषि उत्पादक किसानहरुको संख्या घट्दै जानु र र युवाहरु भनेजस्तो कृषिमा आकर्षित नहुनु आजका कृषिका विधमान समस्या हुन् । किनेर खाने उपभोक्ता बढ्दै गएको तथा उपभोक्ताको क्रयशक्ति र खाद्य व्यवहार परिवर्तन हुँदै गएको सन्दर्भमा बजारमा कृषि उत्पादनको माग अझै बढिरहेको नै छ । नेपालमा व्यापार हुने फलफूल तथा तरकारीमा ४० प्रतिशत हिस्सा आयातको छ भनिन्छ । यस्तो अवस्थामा स्थानीय उत्पादनको माग वा बजार भएन भन्नु युक्ति संगत होइन । बरु स्थानीय उत्पादनको उत्पादन लागत धेरै भएर प्रतिस्पर्धा गर्न सकिएन, उत्पादन लागत घटाउनु प¥यो भन्नु उपयुक्त हो र समाधान पनि यही वरपर खोजिनुपर्छ ।