
भाद्र महिनाको लागि नेपालमा कृषि शिक्षाको महत्व र वर्तमान अवस्था शिर्षक तोकिएको छ ।
कृषि जेटिए देखि स्नातकोत्तर तहसम्म कृषि वा भेटेरीनरी विषय गर्दै गरेका वा अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई लक्षित गरी यसै महिनाबाट एग्रो टाइम्स मासिक पत्रिकाले एग्रो टाइम्स लेखन प्रतियोगिता सुरु गरेको छ । भाद्र महिनाको लागि नेपालमा कृषि शिक्षाको महत्व र वर्तमान अवस्था शिर्षक तोकिएको छ । प्रतियोगितामा कृषि अन्तर्गतका विभिन्न विधाहरुमा अध्ययन गरीरहेकाहरुले सहभागी हुन सक्नेछन् । प्रतियोगितामा छनोट भएका ४ ओटा लेखहरुलाई एग्रो टाइम्स पत्रिका मार्फत प्रकाशन गरी नगद सहितको उत्कृष्ट पुरस्कारको समेत व्यवस्था गरिनेछ, साथै एग्रो टाइम्स मासिक पत्रिका, एग्रो टाइम्स डट कम, देशैभर विभिन्न रेडियो मार्फत हरेक दिन प्रसारण हुने कार्यक्रम कृषि सवाल र हाल जिएनएन टिभीमार्फत प्रसारण भैरहेको कार्यक्रम समृद्ध कृषिमा समेत आवश्यकताअनुसार आफ्नै आवाजमा बाचन गरी प्रसारण गर्न सक्ने व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा सहभागी हुन निम्न नियमहरु पालना गर्नुपर्नेछ
–लेख दिईएको शिर्षकसँग जोडिएको बिषयमा सम्बन्धित हुनुपर्नेछ ।
–लेखक कृषि जेटिए देखि स्नातकोत्तर तहसम्म कृषि वा भेटेरीनरी विषय अध्ययन गर्ने वा अध्ययन पुरा गरेको हुनु पर्नेछ । उमेरको हदमा २८ बर्ष ननाघेको हुनुपर्नेछ ।
–अध्ययन गरीरहेको भन्ने खुल्ने गरी आवश्यक परीचय पत्र वा अध्ययन गरीरहेको संस्थाको सिफारीस वा कुनै अध्ययन गरीरहेको खुल्ने कागजाजको फोटो कपी वा स्क्यान फोटो समेत पठाउन सक्नुहुनेछ ।
–हामीले उपलब्ध गराइएको विषयको बारेको लेख कम्तीमा ८०० शब्दमा र बढीमा १००० शब्द समेटिएको र शुद्ध नेपाली भाषामा हुनु पर्नेछ । अत्यधिक चलनचल्तीमा नेपाली सबैले बुझ्ने शब्दहरु भने मान्य हुनेछ् ।
शुद्धता समेत मुल्यांकनमा पर्ने भएकोले अंकभार मापनमा शुद्धता समेत जोडिएको छ ।
–यो प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन् ।
–लेख टाइपिङ गरीएको वर्ड र हस्तलिखित दुवै माध्यममा हुनुपर्नेछ । मुल्यांकनमा समेत टाइपिङ र हस्तलिखित दुवै माध्यममा आएको सामाग्रीलाई मात्र छनौट प्रक्रियामा लगिनेछ ।
थप जानकारीको लागि एग्रो टाइम्स मिडिया नेटवर्कको हटलाइन नम्बर ९८५१०९७१९२ मा समेत सम्पर्क गरेर थप जानकारी लिन सकिनेछ ।
यहाँहरुले समाग्री पठाउने मेल आइडी ।