
श्रेया खतिवडा
कक्षा ६
सुनौलो भबिष्य बिद्यालय
नारायणटार , जोरपाटी
पढ्न नपाएको रहरले होइन,
अघि बढ्ने मन नभएर नि होइन ।
रहर लाग्छ पल्टाउन किताबका पाना
न मिठो खाना न त आङ्गमा नाना ।।
हेर्दा खेरी हँसिलो छ मुहार,
तिनै हुन हाम्रा हिरा मोती जुहार ।
ठूला ठूला बिकासका कुरा हाम्रो
तर टुहुराले पढ्न पाएनन राम्रो ।।
लौ अब हामीलाई कसले सहयोग गर्छ,?
सबै मिली अब हामीलाई शिक्षा दिनै पर्छ ।
पढ्न पाउने हाम्रो हो अधिकार
लेख्न पाउने हाम्रो बाल अधिकार ।।
रचना : श्रेया खतिवडा
कक्षा ६
सुनौलो भबिष्य बिद्यालय
नारायणटार , जोरपाटी