
पनौती पर्यटन विकास केन्द्रको अध्यक्षमा समाजसेवी पुरुषोत्तम कमाचार्य दोश्रो कार्यकालका लागि चयन भएका छन् । । पहिलो कार्यकालमा पनौती पर्यटन केन्द्रलाई उचाईमा पु¥याउन महत्वपुर्ण भुमिका निर्वाह गरेका उनलाई दोश्रो कार्यकालको लागि पुनः सर्वसम्मतले निर्वाचित गरिएको थियो । ललितपुरको कार्यविनायक मन्दिर परिषरमा भएको १३ औं साधारण सभाले कर्माचार्यको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको थियो ।
कर्माचार्यको पहिलो कार्यकालमा के–के भयो ?
पहिलो कार्याकालमा आफ्नो व्यवस्थित कार्यालय संचालन गरेर सोही केन्द्रबाट पनौती आउने पर्यटकलाई स्वागत गर्ने गरिएको, आफ्नो पहिलो कार्यकालमा टुरिस्ट गाईड तालिम संचालन गरिएको, पनौतीको बारेमा धेरैभन्दा धेरै प्रचार भएको, त्रिवेणीघाटमा बृक्षारोपण गरेर रुख जोगाउन ट्रि सुरक्षाको व्यवस्थापन गरेको, स्थापना भएपनि राम्रोसँग संचालन हुन नसकेको पर्यटन केन्द्रलाई जिवित राखेर अघि बढाउन समेत कर्माचार्यको महत्वपुर्ण भुमिका रहेको देखिन्छ ।
अध्यक्ष कर्माचार्यले पहिलो कार्यकालमा विश्व पर्यटन दिवसमा आएको पहिलो पर्यटकलाई दिनभरको खाना निशुल्क मायाको चिनो प्रदान गरेर विश्वभर पनौतीको बारेमा प्रचार गर्न सहयोग गरेका थिए । पनौतीमा लोपोन्मूख बन्दै गएको बासको सामाग्री ढकिचा, विचा खैचाको तालिम ३५ जनालाई दिएर त्यस्ता सामाग्रीको विक्री वितरणको प्रबन्ध समेत केन्द्रले गरेको थियो । पनौतीको पर्यटनको विकासमा संचारमाध्यमको भुमिका निक्कैहुने भएकाले केन्द्रले पत्रकारसँग पटकपटक अन्तरकृया तथा कार्यशाला गोष्ठि समेत गरेको थियो ।
धिमे बाजा तालिम र पनौती आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सबैलाई स्वागत सम्मान, योमरी प्रदान गरेर पनौतीको सँस्कृतिलाई जीवन्त राख्ने काम केन्द्रले गरेको गरिरहेको छ । गाईड बुक, हेरिटेज पासपोर्ट, म्याप नक्सा, मार्फत पनौतीलाई सहज चिन्ने माध्यम समेत उनकै कार्यकालमा भएको थियो । पनौतीका हरेक टोल सौन्र्दय हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गरेर गमला र फुलको विरुवा टोल सुधार मार्फत राखेको हरेक टोलमा ३० वटाको दरले राखेको २४० वटा राखिएको समेत उपलब्धिको रुपमा मान्न सकिन्छ ।
नयाँ कार्यसमीतीमा कोको छन् त ?
कर्माचार्यको अध्यक्षतासँगै उपाध्यक्ष विकास होराजु, समितीको महासचिवमा सिजन सुद्धाकार, सचिवमा सपना कक्षपति उलक, कोषाध्यक्षमा विकास सैजु चयन भएका छन् । सदस्यहरुमा श्यामहरि महाजू, प्रशान्त श्रेष्ठ, जीवनरद्यु श्रेष्ठ, हेमा मानन्धर, सुजन सुद्धाकार, श्रवण खिबञ्जारा रहेका छन् ।
विश्व सम्पदा सूचीमा सुचिकृत बनाउन पहल गर्ने
विश्व सम्पदा सूचीमा सुचिकृतको प्रस्तावित पनौतीको पर्यटन विकासमा सबैसँग हातेमालो गर्दै अघि बढ्ने योजना केन्द्रको रहेको छ । पनौतीमा विश्वभरीका पर्यटक ल्याउन केन्द्रले भुमिका खेल्ने बताउँदै स्थानीय तह, प्रदेश र संघीय सरकारसँग हातेमालो गरेर आफूहरु अघि बढ्ने र पनौतीका सहरी ग्रामीण क्षेत्रको पर्यटनको विस्तार गराउने आफ्नो प्रमुख ध्येय रहेको मनोनित अध्यक्षको योजना समेत छ । केन्द्रको १३ औं अधिवेशन कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका नेपाली काग्रेस काभ्रेका सभापति तथा प्रदेश सभा साँसद तिर्थ लामाले पनौतीको विकासमा सदैव सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । आँफु मन्त्री भएको समयमा पनौती पर्यटन विकास केन्द्रलाई विशेष सहयोग गरेको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहेका पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले पनौती पर्यटन केन्द्र भएकाले त्यसको विकासमा नगरले सदैव सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।