चर्चित

एग्रो टाइम्स मिडिया नेटवर्क द्वारा २०८१ भाद्र महिनाको लागि नेपालमा कृषि शिक्षाको महत्त्व र वर्तमान अवस्था शीर्षक तोकिएर संचालन गरेको लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ। यस प्रतियोगितामा कृषि जेटिएदेखि स्नातकोत्तर तहसम्म कृषि वा भेटेरीनरी विषय गरेका वा अध्ययन पूरा गरेका विद्यार्थीहरु सहाभागी भएका थिए। जसमा ५१ जनाको सहभागिता थियो, हामीले दिएको मापदण्डअनुसार प्रक्रिया पूरा गरेका ३३ जनालाई मात्र छनौट प्रक्रियामा लगिएको थियो । हामीले नतिजा जाँच कार्यमा अब्बल नतिजा प्राप्त गर्न मूल्याङ्कन समिति नै गठन गराई नतिजा प्रकाशन गरिएको छ । विषयवस्तुको उठान, प्रस्तुति, मौलिकता र भाषिक शुद्धतालगायतका विधालाई समेटेर कृषि क्षेत्रमा दखल भएका तथा विषयवस्तुलाई बुझन र मुल्यांकन गर्न सक्ने व्यक्तित्वहरुले जाँच गरेपछि अङ्कभार निर्धारण गरिएको हो उत्कृष्ट भएका ४ ओटा लेखहरुलाई एग्रो टाइम्स पत्रिकाको बार्षिकोत्सव तथा दशैँ तिहार बिशेषाङ्क अंकमा प्रकाशन समेत गरिनेछ । बिजेताहरुलाई नगदसहितको उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको छ, मिति २०८१ असोज १७ गते एग्रो टाइम्सको बार्षिकोत्सवको औपचारिक कार्यक्रममा विजेतालाई नगदसहितको उत्कृष्ट पुरस्कार वितरण गरिने जानकारी समेत यसै सूचनाद्धारा जानकारी गराइन्छ । साथै छनौट प्रक्रियामा रहेका बाँकि २९ जनालाई समेत प्रमाणपत्र वितरण गरिने हुनाले उपस्थिति हुन अनुरोध गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय