चर्चित

साम्राज्ञी सिजापती
उत्तरबाहिनी बोर्डिङ्ग स्कूल गोकर्ण
कक्षा १०

अमृत कुण भै शुद्ध मन झल्काउँछन्
मलाई नयाँ लुगा दिइ आफू फाटेको कोट ढल्काउँछन ।
संघर्षले भरिएको जीवनमा खुलेर हाँस्न सिकाउँछन
खुसी राख्न मलाई आफ्ना दुखका सागर लुकाउँछन् । ।

कति मात्र साहाशी तिमी, गौरख लाग्छ
परिवारको गाडि गुडाउँन पाइला तिम्रा भाग्छ ।
कति हाँस्छौ दुःख लुकाइ, अचम्म लाग्छ
जिम्मेवारीले थिचेका काँध तिम्रा अब आराम माग्छ ।।

आरामको सास लिन त तिमीलाई नि मन छन् होला
मेरो मुहारमा मुस्कान ल्याउन तन तिम्रो खट्छ होला ।
आँखाबाट आशु त तिम्रो पनि भर्छ होला
झर्केर बोल्दा मैले, मन तिम्रो पनि दुख्छ होला ।।

नत म तिमी जस्तै कृतयमय हुन सक्छु
नत म तिम्रा व्यागको ऋण नै तिर्न सक्छु ।
नत म तिमी सरी हासी हासी दुःखको कोलाहल पिउँन सक्छु
न तम तिमी झैँ आफु नाङ्गी अरुलाई कपडा सिउँन नै सक्छु ।।

लाखौँ हजारौं प्रयास भने अवश्य गर्ने छु
तिम्रो लागी स्वणीम भविष्यकी चित्र म कोर्ने छु ।
उदात शिरोमणी तिम्रो म गरिमा बन्ने छु
तिम्रो जीवनमा फुल्ल भै सौरभ म छर्नेछु ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय