चर्चित

पाल्पाको रामपुर क्षेत्रमा पहिलो व्यवसायिक फुलखेती शुरु गरेका रामपुर–४, का दिल बहादुर थापाले उत्पादन गरेका फुलले सोचेभन्दा राम्रो बजार लिइरहेको छ । प्रदेश नम्बर ५ ले दिएको एक हप्ते तालिम लिएर फुलखेती शुरु गरेका थापाको नर्सरी तथा तरकारी फार्ममा ढकमक्क देख्न पाइन्छ ।


उनको नर्सरी तथा तरकारी फार्ममा पुग्दा सयपत्री, मखमली, टिटुनिया, टेन्जी, विभिन्न खालका आउटडोर तथा इनडोर प्लान्टहरु देख्न पाइन्छ । उनले कौसी खेती गर्न चाहनेहरुको लागि ग्रो ब्याग, कम्पोष्ट मल, विभिन्न प्रकारका बिरुवाहरु पाइनुका साथै नर्सरीको लागि आवश्यक सबै सामाग्रीहरु समेत र आफ्नै फार्ममा उत्पादित मौसमी तथा बेमौसमी तरकारीहरु फार्मबाटै बेच्ने समेत गरेका छन् । व्यवसायिक रुपमा तरकारी खेतीको लागि आवश्यक जानकारी तथा परामर्श समेत दिने गरेका थापाको फुल खेती यस क्षेत्रको पहिलो व्यवसायिक फुलखेती हो ।


उनको बारीमा पुगेर फुल हेर्ने र फुलको माग गर्नेको दैनिक भिडभाड लाग्छ । थापाको बारीमा फुलेका फुल बुटवल र नेपालगन्ज सम्म पुगेको छ । माग अनुसारले तिहारमा फुल र मालाको माग धान्न हम्मे पर्न सक्ने थापाले बताए । थापा विगतको सम्झना गर्छन्, पहिलो पटक कालीगण्डकी फाउण्डेशन नेपालले रामपुरमा भएको कार्यक्रममा फुलको गुच्छा र फुलको अर्डर दिएपछि थापा परिवारले फुल बेच्ने तयारी गरेर बिक्री शुरुवात गरेका थिए उनले । कार्यक्रमबाट चारैतिर हल्ला गएछ, त्यसपछि सबैतिरबाट कार्यक्रमका लागि माग भैरहेको छ ।


तिहारमा भारतबाट लाखौं रुपँयाको फुल आयात हुने गरेको वास्तविकताका बीच बाहिरबाट ल्याउन महंगो पर्ने भएकाले आफ्नै गाउँ ठाउँमा फुल रोप्ने मनसाय बनेको उनको भनाई छ । रामपुरमा बढ्दो बस्तीसँगै घरको बगैंचा र गमलामा लगाउन आबश्यक फुलका विरुवा समेत उनको नर्सरीमा छ । रामपुर क्षेत्रमा हुने कार्यक्रममा माला र फुलको माग बढ्दै गइरहेको छ थापाकी श्रीमती शुकमायाँले थपिन् । तिहारका बेला धेरैले घरमा आएर र फोनबाट फुलको कुरा गरेको उनले सुनाए । फुल खेती गर्न सहज सरल र लगानी कम हुने र अहिलेको मागका आधारमा फुल खेती गर्न सके बजारको प्रशस्त संभावना रहेको दिल बहादुरले बताए । फुलको हेरचाह थापाका श्रीमान् श्रीमतीले दुवैले गर्छन् ।
केही बर्षदेखि तरकारी खेतीमा तल्लिन थापाले यसबर्ष देखि फुलखेती शुरु गरेका हुन् । रामपुरको अगुवा किसान थापा सहित २ जनाले आधुनिक कृषि फर्म दर्ता गरि मौसमी र बेमौसमी तरकारी खेती पनि गरिरहेका छन् । विदेशबाट स्वदेशमा नै कृषि कर्म गर्ने अठोट बोकेर फर्किएका थापाकै अग्रसरतामा उनकै रामपुर नर्सरीबाट लगेर स्थानीय समुहले पनि फुलखेती गरेको छ । समुहमा आबद्ध १८ जना महिलाले रामपुरमा पहिलो पटक यस बर्ष फुलखेती गर्न सफल भएको समुहकी सिमा रानाले बताइन् । दिल बहादुरकै अग्रसरतामा महिला समुहले फुल खेती गरेका छन् । दिल बहादुरकै नर्सरीबाट स्थानिय स्कुल रामतुलसी माबी र आधारभुत माबिमा फुल लगाइएको छ । थापाले स्कुललाई फुल सहयोग गरेका छन् ।
जिल्लामा नै फुलखेती शुरु गरेका दिल बहादुर थापा र महिला समुहले लगाएको फुलको अबलोकन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले फुलखेती रामपुरको गौरव भएको बताए । रामपुरको शान फुलले बढाएको छ उनले थपे, फुलखेती गरे बजारको समस्या छैन, नगरपालिकाले अझ सहयोग गर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय