
स्थानीय स्तरमा उत्पादन हुने बाँसको संरक्षण, बजारीकरण उपयोग गर्ने र खेती विस्तार गर्ने उद्देश्यसाथ नेपालमा पहिलो राष्ट्रिय बाँस सम्मेलन हुने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, पर्यटन वन तथा वातावरण मन्त्रालय विराटनगर र ग्रिन बाम्बो क्रिएसन प्रालिको संयुक्त आयोजना आगामी फागुन १५, १६ र १७ गते खोटाङ जिल्लाको दिक्तेलमा सो सम्मेलन हुन लागेको हो ।
त्यसबारे जानकारी दिन अयोजित पत्रकार सम्मेलनमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसको खेती विस्तार गर्न सकिने बताए।
स्थानीय स्तरमा उत्पादन हुने बाँसको उपभोग बढाएर राष्ट्रको आयआर्जनसँग जोड्न सम्मेलनले ठुलो योगदान पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ । सो अवसरमा पूर्वमन्त्री गणेश साहले गरिबका लागि बाँस जीवन निर्वाह गर्ने माध्यम र धनीका सजावटका साधन बनाउने माध्यम बनेकाले यसको प्रयोग बढाउँदै जानुपर्ने बताए ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक राजेन्द्र केसीले बाँसको वातावरणीय, आर्थिक, सामाजिक हिसाबले महìव रहेकाले यसको उपयोग बढाउँदै जानुपर्ने बताए।