नेशनल बायोब्लुम सोलुसन प्रा.लि.ले बिषादीरहित कृषि पद्धतिमा आधारित, अर्गानिक कृषि प्रणाली प्रवद्र्धनका लागि Ultra Rapid Power बजारमा ल्याएको छ । यो थाइल्याण्डमा उत्पादित, समुद्री माछाको बाहिरी खोलबाट बनेको प्राकृतिक पोलिमर हो, जुन कृषिबाली, पशुपंक्षी तथा मत्स्य उत्पादनको लागि बहुउपयोगी छ ।
पशुपंक्षी र माछाको लागि लाभदायक
Ultra Rapid Power मा प्रचुर मात्रामा प्रोटिन र क्याल्सियम पाइन्छ, जसले पशुपंक्षीको पाचन प्रणाली सन्तुलनमा राख्न सहयोग गर्दछ । यसको प्रयोगले डायरिया कम हुनुका साथै चिल्लोको मात्रा घटाउँछ, मासपेशीको वृद्धि गर्छ, र पशुपंक्षी तथा माछा स्वस्थ र हृष्टपुष्ट बन्ने वातावरण सिर्जना गर्छ। यसले माछापोखरीको पानी सफा राख्ने वेस्ट वाटर ट्रीटमेन्ट विधिका रूपमा पनि काम गर्छ ।
उत्पादन सुधार र लागतमा कमी
Ultra Rapid Power को प्रयोगले उत्पादन लागत घट्छ र दाना खपतमा कमी आउँछ। साथै, एन्टिबायोटिकको आवश्यकता न्यून हुने, मृत्युदर घट्ने, र उत्पादनको स्वाद तथा गुणस्तरमा सुधार आउने फाइदा किसानहरूले अनुभव गरेका छन् ।
पानी शुद्धिकरणमा प्रभावकारी
यसले पोखरीको पानीमा भएका फोहोरका कणलाई किनारामा सार्दै, हानिकारक जीवाणु नष्ट गर्छ। पानीमा अक्सिजनको मात्रा बढाउँछ, जसले गर्दा माछाहरू द्रुत रूपमा हुर्कने वातावरण मिल्छ ।
रोगसँग लड्ने क्षमता वृद्धि
Ultra Rapid Power को प्रयोगले विषादी ग्यास, जस्तै एमोनिया र हाइड्रोजन सल्फाइड, कम गर्छ । यसले रोगसँग लड्ने क्षमता बढाउने, पाचन प्रक्रियामा सुधार गर्ने, र मांशपेशीको वृद्धि गर्ने प्रमाणित भएको छ ।
किसानहरूको सन्तुष्टि
कृषिबाली, पशुपंक्षी तथा मत्स्य उत्पादनमा देखिएको वृद्धि र उत्पादनको गुणस्तरमा आएको सुधारले किसानहरू सन्तुष्ट छन् । उत्पादन लागत, समय, श्रम, र वातावरणीय प्रभावको आधारमा किसानहरूले सकारात्मक परिवर्तन अनुभव गरेका छन् । Ultra Rapid Power पूर्ण रूपमा प्राकृतिक र विषादीरहित भएकोले मानिस, जनावर तथा वातावरणमा कुनै नकारात्मक असर नगर्ने सुरक्षित समाधान हो। यो उत्पादनले उत्पादन र उत्पादकत्व बढाउने तथा अर्गानिक कृषि प्रणालीमा नयाँ सम्भावना खोल्ने भएकोले यसको प्रयोग हरेक किसानको लागि उपयोगी बन्नेछ ।









