चर्चित

काठमाडौँको भृकुटिमण्डपमा यही पौष १५ गते आयोजना हुने च्याउ परिकार दिवस तथा च्याउ परिकार महोत्सव २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रमको आयोजना  च्याउ उत्पादक संघ नेपालले गर्न लागेको छ, जसमा व्यवसायिक किट विकास केन्द्र हरिहरभवनको समेत सहकार्य रहेको आयोजकले बताएको छ । यस महोत्सवको उद्देश्य च्याउ खेती, उत्पादन, र उपभोगलाई प्रवद्र्धन गर्दै कृषि क्षेत्रको विकासमा योगदान पुर्याउनु रहेको छ ।

च्याउ किसानहरूको जागरूपता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता नाराका साथ मेला आयोजना गर्न लागिएको हो । च्याउ किसान र सरोकारवालाहरूको सहभागितामा प्रत्येक वर्ष पौष १५ गते विभिन्न कार्यक्रमहरू सञ्चालन गरि मनाइदै आइरहेकोमा यस वर्ष पनि २०८१ पौष १५ गते राष्ट्रिय च्याउ दिवसको अवसरमा एक दिने च्याउ परिकार मेला तथा प्रदर्शनी कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा मनाउन लागिएको छ ।

च्याउ किसानहरू, आम नागरिक, विभिन्न संघ संस्था तथा राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको विशेष उपस्थितिमा कार्यक्रम गर्न लागिएको हो । महोत्सवमा विभिन्न प्रकारका च्याउका परिकारहरूको प्रदर्शन, चाख्ने व्यवस्था, र तयारीका बारेमा जानकारी दिने कार्यक्रम हुनेछ । साथै, च्याउ खेतीका आधुनिक प्रविधि, च्याउको पोषण सम्बन्धी जानकारी, र यसबाट हुने स्वास्थ्य लाभबारे सचेतना जगाउने उद्देश्यले विषेश सत्रहरू आयोजना गरिनेछ । यस महोत्सवले च्याउ खेतीमा संलग्न किसानहरूलाई प्रोत्साहन दिनुका साथै उपभोक्ताहरूलाई च्याउ परिकारप्रति आकर्षित गर्ने विश्वास आयोजक तर्फका पदाधिकारीहरुले लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय