चर्चित

पुरुषोत्तम अर्याल
साहित्यकार

जुनसंग जिस्किएर रात छाँमुला
तारासंग मस्किएर सपना झारुँला ।
भन्थ्यौ हामी वाचासँगै बात मारौंला
गाँठागुँठी जीवनका साङलो पारौंला ।।

चिसिएर रातहरु पग्ली पात पातमा
थोपा बनी झरी जाने बात बातमा ।
कहाँनीमा रात बित्ने साथ साथमा
सम्झनाले आँखा भिज्ने घात घातमा ।।

छायाँसँग मिसिएर साँझ साँझमा
भत्काँउदै दिका डिल बाँध बाँधमा
पोख्याईकन झर्याम झुरुम
दिन खोज्ने कहाँ ? हामी माझमा ।।

राखी सपना अल्झाइकन मनको पानामा
धुलो फ्रयाँकि गयौ तिमी दिलको छानामा ।
गुन्गनाई बस्ने कति विरही गानामा
गुन्गनाई बस्ने कति बिरही गानामा ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय