चर्चित

च्याउ खेती नेपालमा कृषि क्षेत्रको एक प्रमुख सम्भावनाशील पक्ष हो । आधुनिक कृषि प्रणालीमा आधारित च्याउ खेतीले केवल कृषकहरूको आर्थिक अवस्था सुधार्न सक्ने मात्र होइन, देशको समग्र आर्थिक विकासमा समेत योगदान पुर्याउन सक्छ । नेपालजस्तो उर्वर भूमि भएको देशमा यसको व्यावसायिक खेती र र विस्तारले समृद्धिको नयाँ द्वार खोलिरहेको छ भने थप सम्भावनाको बाटोलाई फराकिलो बनाउदै आएको छ ।

  • कन्ये च्याउ खेतीलाई पनि आधुनिक प्रविधि र व्यावसायिक ढाँचामा लैजान सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य देखिन्छ ।

कन्ये च्याउ बाहेक अन्य प्रजातीका च्याउहरुको उत्पादनको लागि हाल नेपालमा च्याउ उत्पादनले विस्तारै आधुनिकीकरणको सुरुवात गर्न लागेको देखिन्छ । कृषकहरूले परम्परागत शैलीलाई परिमार्जन गर्दै उन्नत प्रविधि र संरचनाको प्रयोग सुरु गरेका छन् । जलवायु नियन्त्रण कक्ष र आधुनिक प्रविधिको प्रयोगले उत्पादनको मात्रा र गुणस्तरमा सुधार आएको छ । च्याउ खेतीको यस आधुनिकीकरणले नेपाली कृषि क्षेत्रलाई नयाँ सम्भावनाहरू तर्फ अघि बढाउन मद्दत पुर्याइरहेको छ । अब कन्ये च्याउ खेतीलाई पनि आधुनिक प्रविधि र व्यावसायिक ढाँचामा लैजान सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य देखिन्छ ।

सरकारले कृषकलाई आधुनिक प्रविधि, उन्नत बीउ, र च्याउ खेतीसम्बन्धी तालीममा पहुँच पुर्याउन कार्यक्रम ल्याउनु पर्छ । च्याउ खेतीका लागि आवश्यक भौतिक पूर्वाधार जस्तै— जलवायु नियन्त्रण कक्ष, सिँचाइ प्रणाली, र प्रशोधन इकाइहरूको स्थापना गर्न अनुदान वा सहुलियतपूर्ण ऋणको व्यवस्था गरिनुपर्छ । साथै, उत्पादनको बजार व्यवस्थापन र निर्यात प्रवद्र्धनमा सरकारी भूमिका बलियो हुनुपर्छ ।

शैक्षिक संस्थाहरूले च्याउ खेतीसम्बन्धी अनुसन्धान र विकासमा केन्द्रित कोर्षहरू सुरु गर्नुपर्छ ।

निजी क्षेत्रले पनि च्याउ खेतीमा लगानी बढाउनु आवश्यक छ । विशेषगरी, च्याउको प्रशोधन (जस्तै सुकाएको च्याउ, च्याउको पाउडर) र मूल्यवर्धित उत्पादनमा ध्यान केन्द्रित गर्नु जरुरी छ । यसले कृषकहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउनका साथै रोजगारीको अवसर पनि सिर्जना गर्दछ । शैक्षिक संस्थाहरूले च्याउ खेतीसम्बन्धी अनुसन्धान र विकासमा केन्द्रित कोर्षहरू सुरु गर्नुपर्छ । यसले दक्ष जनशक्ति उत्पादनमा सघाउ पुर्याउनेछ । साथै, च्याउको औषधीय महत्वका कारण यस क्षेत्रले औषधि उद्योगमा पनि योगदान पुर्याउन सक्छ ।

च्याउ खेतीलाई नेपालमा समृद्धिको एक प्रमुख आधारका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र, र कृषकहरूबीचको सामूहिक प्रयास आवश्यक छ । सही नीतिहरूको कार्यान्वयन र दीर्घकालीन सोचमार्फत च्याउ क्षेत्रले नेपालको कृषि क्षेत्रको रुपान्तरण गर्न सक्षम छ । अबको समय कार्यनीतिक कदम चाल्ने हो, जसले नेपाललाई च्याउ खेतीको अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय