
तोयनाथ तिवारी
चाईल्ड नेपाल
मैजुबहाल , चुच्चेपाटी, काठमाडौ ।
पढ्ने लेख्ने
ज्ञानगुन धेरै
सिक्नु पनि पर्छ
जान्ने बुझ्ने
ठुला बढाको
सङ्गत गर्नु पर्छ
बाटामा हिड्दा
जान अन्जानमा
ठेसपनि लाग्छ
साथि संङ्गी
धेरै हुन्छ्न्
ख्याल गर्नु पर्छ
उमेर संगै
शरिरिक परिवर्तन
पनि हुन्छ
उमेर हो
युवा अवस्थामा
एक अर्कामा
आकर्षण पनि हुन्छ
राम्रो संग
निर्णय गर्न
नसक्ने अवस्थामा
धेरै बाल बिवाह हुन्छ
गलत मान्छे
संगको संगतले
ज्यानै पनि जाने
कर्कलाको पातमा
जम्मा भएको पानी
हावा हुरी आउन पर्दैन कोल्टे झरी जाने
बाल्य कालमा बिवाह गरे
जीवन खेर जाने