
नेपालको निर्यातजन्य प्रमुख कृषि उत्पादन बाली कफी अत्यन्तै सम्भावनामा रहँदै गर्दा कफी कफीको आपुर्ती श्रृङखला भने संकटमा छ । देशभित्र उत्पादित कफीले करीब २ महिना जति समय बजार धान्न सक्ने अवस्थामा छ, तर बजारमा भने ठुलो मात्रामा कफीको उपलब्धता भई उक्त कफी नेपाली कफी नै भनेर विक्रि गरिएको पाइएको छ । अब प्रश्न उठ्छ, यी कफी कहाँबाट र कसरी आइरहेका छन् ? गत आ.ब.मा करीब १७ सय मेट्रिक भन्दा बढि कमसल गुणस्तरको ग्रिन विन कफी बार्षिक रुपमा यसरी भित्रिएर मनपरी मुल्यमा बजारमा विक्रि वितरण भइरहेको तथ्यांक विशेष श्रोतबाट खुल्न आएको छ, तर यो तथ्यांक सरकारी तथ्यांकमा भने पाइदैँन ।
अवैध रूपमा यसरी भित्रिएको कफी गुणस्तरीय मापदण्ड हिसाबमा म्याद गुज्रिएको, ढुसीको संक्रमण भएको एवं विभिन्न अखाध पदार्थ मिसावट गरिएको आशंकासमेत रहेको छ, जसको सेवनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने खतरा छ
राजस्व छली गर्दै भारत तथा तेस्रो मुलुकहरूबाट अवैध रूपमा भित्राइएको यस्तो कफी नेपाली उत्पादनको नाममा बेच्ने व्यवसायिक गिरोह सक्रिय रहेको तथ्य बाहिर आउन थालेको छ । विश्वबजारमा नेपाली कफीको बर्चश्व कायमै भएको परिप्रेक्षमा स्वदेशी उपभोक्ता भने यस्तो मारमा परिरहेको खुल्न आएको छ । करोडौँको यो राजस्व छली ठगी मात्र होइन, उपभोक्तामाथिसमेत नेपाली ब्राण्ड भनी झुक्याइएर भावनासँग समेत खेलिएको छ । अवैध रूपमा यसरी भित्रिएको कफी गुणस्तरीय मापदण्ड हिसाबमा म्याद गुज्रिएको, ढुसीको संक्रमण भएको एवं विभिन्न अखाध पदार्थ मिसावट गरिएको आशंकासमेत रहेको छ, जसको सेवनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने खतरा छ । हुन त, यो बिषयलाई नेपाल कफी व्यवसायी महासंघले वि.स.२०७४ सालदेखी निरन्तर रुपमा व्यवसायमा आवद्ध उधमी व्यवसायी लगायत सम्बन्धित निकायहरुलाई जानकारी एवं ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको थियो जुन, हालसम्म पनि निरन्तर चलिरहेको छ । तर यसमा सम्बन्धित निकायले आजसम्म पनि वास्ता नगरेको र यस विषयमा ध्यान नदिएको महासंघले बताएको छ । ठुला उधोगी तथा व्यवसायी र नाम चलेका ब्राण्डले समेत यसमा संलग्न भएको पाइएको छ ।
त्यसैले निर्यातजन्य बालीको अग्रपंक्तिमा रहेको कफी नेपालमा संकटमा छ भन्दा फरक नपर्ला । अवैध रूपमा भित्रिएको यो कफी नेपाली उत्पादनको नाममा बेचिँदैछ, जसले करोडौँको राजस्व छली भएको छ । अखाध पदार्थ मिसावटको आशंकासहित उपभोक्ताको .स्वास्थ्य जोखिममा छ, तर सम्बन्धित निकायले अझै चासो देखाको छैन । खाध अनुज्ञा इजाजत पत्र नलिईकन, बिना दर्ता इजाजत लोगो ब्राण्ड बनाई, उक्त कफीमा उत्पत्तीको प्रमाण नखुलाई विक्रि वितरण भएको, रि प्याकेजिङ गराई बजार पठाइएको र भ्रामक सन्देशका प्रचार–प्रसार (अर्गानिक,फेयर ट्रेड, स्पेशयालिटि, सिंगल ओरीजिन)जस्ता भ्रामक विज्ञापन सामाग्री बनाई अनलाईन मार्फत छ्याप्छ्याप्ती रुपमा विक्रि वितरण समेत गरेको पाइएको छ ।
महासंघ भन्छ, ‘नेपाल कफी फेस्टिवल एण्ड च्याम्पियनसिप २०८१’ यसमै बोल्छ
नेपाल कफी व्यवसायी महासंघको आयोजनामा नेपाल कफी फेस्टिवल एण्ड च्याम्पियनसिप २०८१’ यहि चैत २१ गतेदेखी २३ गतेसम्म संचालन हुँदैछ । नेपाली कफी उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यो कार्यक्रमले अवैध कफीको कारोबार नियन्त्रण, बजार व्यवस्थापन सुधार र नीतिगत हस्तक्षेपका लागि सम्बन्धित निकायलाई दबाब दिनेछ । साथै, फेस्टिवलमार्फत उपभोक्तालाई शुद्ध नेपाली कफीको पहिचान गराउने, व्यवसायीहरूलाई नवीनतम प्रविधिबारे जानकारी दिने तथा अन्तर्राष्ट्रिय बजार विस्तारका सम्भावनाबारे छलफल गर्ने अवसर प्रदान गरिने महासंघले जनाएको छ ।
नियमनकारी निकायहरू किन मौन ?
-राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आन्तरीक राजश्व विभाग, भन्सार विभागजस्ता निकायहरूले यस्तो गम्भीर विषयमा किन मौनतामा छन् ?
-यस्तो अवैध आयात रोक्न भन्सार प्रणाली कडाइ किन गरिएको छैन ?
-गुणस्तर परीक्षण तथा नियमन गर्ने जिम्मेवारी पाएका संस्थाहरू के गरिरहेका छन् ?
-सरकार र सम्बन्धित निकायहरूले यथाशीघ्र छानबिन गरी दोषी व्यवसायीहरूलाई कानुनी कारबाही गर्नुपर्छ । यदि अहिले नै कडा कदम चालिएन भने नेपाली कफी उद्योग धराशायी हुनेछ, स्थानीय किसानहरू मारमा पर्नेछन्, र नेपालले अन्तर्राष्ट्रिय कफी बजारमा गुम्न सक्नेछ ।
-कृपया सरकार, अब त बोलौं ।
👉 स्वच्छ व्यवसायको पक्षमा उभिऔं, नेपाली उत्पादन जोगाऔं ।