चर्चित

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भोकमरी अन्त्यका लागि कृषि क्षेत्रको समग्र सुधार आवश्यक रहेको बताएका छन् । होटल हिमालयन कुपण्डोलमा लिवर्डले आयोजना गरेको विश्व भोकमरी सूचकांक प्रतिवेदन २०२४ू सार्वजनिक गर्दै मन्त्री अधिकारीले नेपालले भोकमरी र कुपोषण न्यूनीकरणमा प्रगति गरे पनि दुर्गम भेगहरूमा खाद्य अभाव र पोषणसम्बन्धी चुनौतीहरू यथावत रहेको उल्लेख गरे ।

उनले कृषि जैविक विविधताको क्षयीकरण, कृषि रसायनको बढ्दो प्रयोग, जलवायु परिवर्तनजस्ता समस्याले वातावरणीय क्षमता घटाएको भन्दै यसको समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए । मन्त्री अधिकारीले माटो सुधार कार्यक्रम, प्राङ्गारिक मलको प्रवर्द्धन, जैविक विषादीको प्रयोग र उत्पादन प्रमाणीकरणमा सहुलियतजस्ता कार्यक्रमलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिए ।

कृषि प्रणालीलाई दिगो र पर्यावरणमैत्री बनाउन पर्यावरणीय कृषि प्रवर्द्धनका लागि मार्गचित्र आवश्यक रहेको पनि उनले बताए । । भोकमरी र कुपोषणमुक्त नेपाल बनाउन सरकारी, गैरसरकारी, निजी क्षेत्र र नागरिक समाजबीच बहुक्षेत्रीय सहकार्य अनिवार्य रहेको मन्त्री अधिकारीले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय