चर्चित

 सुशील आचार्य

बाल साहित्यकार


लौन साथि यो कुरालाई कस्ले बुझ्यो खोई

आफ्नै घरमा बस्तु पाली खाउँ दुध दहि मोई

गाउँघरमा खेती पाती गर्न सजिलो छ

केहि काम छैन भन्दै नबसौं है रोई ।।

हामी युवा साथिहरू एक जुट बनी

एकैठाउँमा बसौं आउ केहि गर्न भनी

सबैभन्दा उत्कृष्ठ छ कृषि कर्म हेर

स्वरोजगार हुन पाईन्छ रमाईलो पनी ।।

सुन्नुहोला आमा बाबा दिदी दाजुभाई

अन्नपात उब्जाउनु कृषि कर्म समाई

आफ्नै जग्गा जमिनमा उब्जिएको बाली

हाँसी खुशी खानु लाउनु अनी बेच्नु रमाई।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय