चर्चित

कृषा कार्की
सुसंस्कार एकेडेमी, कक्षाः ७


जीवनमा केही गर्नु छ

लक्ष्य लिएर अघि बढ्नु छ ।
म एउटा असल विद्यार्थी
सत्यको बाटोमा हिड्नु छ ।

मेरा यी पौरखी हातहरु
पौरख गर्नमा तत्पर छ ।
जीवनको यो मार्गमा
हरपल काम गर्नु छ ।

आज म फुलको कोपिला
भोली बास्ना छर्ने छु ।
सुवास छरेर विश्वमा
उज्यालो दीप बाल्ने छु ।

मेरो आमाबुबाको सपना
पुरा गर्ने सङकल्प गर्छु ।
आशीर्वाद सर्वस्व ठान्दै
अगाडि बढने छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय