
अशिम सापकोटा, १५ वर्षभन्दा बढी समयदेखि नेपालको कृषि पत्रकारिता र सञ्चार क्षेत्रमा सक्रिय छन्। उनले सानैदेखि देशका किसानहरूको पसिना, पीडा र सम्भावना नजिकबाट देखेपछि कृषि पत्रकारितामा समर्पित हुनुको कारण बनेका हुन्।
उनी हाल एग्रो टाइम्स मिडिया नेटवर्क प्रा.लि. का प्रबन्ध निर्देशकको रूपमा कार्यरत छन्। यस अन्तर्गत उनले एग्रो टाइम्स मासिक कृषि पत्रिका सम्पादन र प्रकाशन गर्दै आएका छन्, जुन कृषकहरू, कृषि विज्ञहरू, नीतिनिर्माता र उद्यमीहरूबीच सेतुको भूमिका खेल्दछ।
अशिम सापकोटाले विगतमा ‘हेलो किसान’, ‘कृषि संवाद’, र अहिले GNN टेलिभिजनबाट प्रसारण हुने ‘समृद्ध कृषि’ कार्यक्रमको संयोजन र संचालन गरेका छन्। यसैगरी, उनले देशभरका ४० भन्दा बढी एफएम रेडियोमार्फत प्रसारण हुने ‘कृषि सवाल’ कार्यक्रमको पनि संचालन गरेका छन्। उनले विश्वास गर्छन् कि “सूचना नै शक्ति हो, र सूचना किसानसम्म पुगेमा उनीहरूको जीवन बदलिन्छ।”
अशिम सापकोटाले विभिन्न स्थानमा कृषि विषयक तालिमहरू, संवादहरू र ‘एग्रो टाइम्स कृषि अवार्ड’ जस्ता सम्मान कार्यक्रमहरू आयोजना गरेर देशभरका मेहनती कृषकहरूको पहिचान निर्माण गर्न प्रयास गर्दै आएका छन्।
उनको विश्वास छ कि “कृषि केवल खेतीपाती होइन – यो समृद्धिको बाटो हो।” यही सोचका साथ उनी आज पनि कलम, क्यामेरा र माइक्रोफोन लिएर किसानको घरआँगनसम्म पुगिरहेका छन्।