
काठमाडौं । भारतको चर्चित रेफ्रिजेरेसन कम्पनी आइसमेक रेफ्रिजेरेसन इण्डिया को नेपालस्थित आधिकारिक बिक्रेता आरएम एग्रोटेक नियुक्त भएको छ। तीन दशकदेखि कोल्डस्टोर, ट्रान्सपोर्ट रेफ्रिजेरेसन, चिलिङ प्लान्ट र अन्य रेफ्रिजेरेसन उपकरण उत्पादनमा सक्रिय आइसमेकले अब नेपालमा आरएम एग्रोटेकमार्फत सेवा विस्तार गर्ने भएको हो।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, ढुंगेअड्डामा मुख्य कार्यालय रहेको आरएम एग्रोटेकले लामो समयदेखि सिन्धुलीस्थित शाखाबाट कृषि यन्त्र तथा उपकरण बिक्री गर्दै आएको छ। कम्पनीले किसानको घरमै पुगी सेवा तथा परामर्श प्रदान गर्दै आएको छ।
प्रबन्धक प्रकाश मेहताका अनुसार, आइसमेक इण्डियाले दुई वटा प्लान्टबाट उत्पादन गर्दै आएका ५० भन्दा बढी उपकरणहरू अब नेपालभर आरएम एग्रोटेकमार्फत उपलब्ध हुनेछन्। किसानका कृषिउपज खेर जाने अवस्थालाई सम्बोधन गर्न कम्पनीले गुणस्तरीय कोल्डस्टोर निर्माणमा विशेष ध्यान दिँदै आएको छ।
कम्पनीले कृषि क्षेत्रको विकास र किसानलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित आइसमेकसँग सहकार्य अघि बढाएको जनाएको छ।