
सुशिल आचार्य
बाल साहित्कार
सुनौ सुनौ हजूर
सुन्नै पर्छ जरूर
रोपाइँ गर्ने कुरा हो
असारको मध्य
भइसक्यो अब
रोपाइँ गर्ने कुरा हो
झरी परीकन
खोला बढीसक्यो
टारक्षेत्रमा नी पानी
कुलो खनी खनी
एक चित्त बनी
आफ्नै खेतमा लैजानी
बिउ पनि राम्रो
मद्दत पुग्छ हाम्रो
टारखेत् रोपाइँ गर्नलाई
खेत खनजोत गरी
आली लगाई वरि
खेतमा पानी भर्नलाई
बाउसे नै गरेर
लाठे रोपहारले
बिउ काटी वरी
अघि अघि सरेर
टार खेतको रोपाइँ
गर्न लागे हजूर
आफ्ना आफ्ना भएर
सबै मिली गए
काममै लाग्दा भए
अति खुशी भएर
कोहिले खाजा पकाई
कोहिलाइ फकाई फकार्इ
जाने अनुसारको काम
असारको रोपाइँ
मंसिरमा धान काटी
मिठो मान्दै खान्छन् माम ।।