चर्चित

काठमाडौं । नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार भन्ने नारासहित स्थापना भएको नर्सरी व्यवसायी संघ नेपालले असारको अन्तिम साता तीन वटा प्रदेशमा फरक–फरक मितिमा निःशुल्क नर्सरी व्यवस्थापन तालिम आयोजना गर्ने भएको छ।

संघका अनुसार लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा असार २४ र २५ गते, मधेश प्रदेशको सर्लाहीको लालबन्दीमा असार २६ र २७ गते तथा कोशी प्रदेशको इलाम जिल्लाको सुर्योदय नगरपालिका–८, शान्तिचोकमा असार २८ र २९ गते तालिम सञ्चालन गरिनेछ।

यी तालिमहरूमा सहभागीहरूलाई नर्सरी व्यवस्थापन विधि, माटो तयारी तथा मल व्यवस्थापन, रोग तथा किराको पहिचान एवं नियन्त्रणका उपाय, बिरुवा प्रसारणका प्रभावकारी तरिका, फूल विरुवा उत्पादन र बजारिकरण जस्ता व्यवहारिक तथा सैद्धान्तिक पक्षहरूमा प्रशिक्षण दिइने संघले जानकारी गराएको छ।

संघले यस्ता तालिमहरूले नर्सरी क्षेत्रमा प्रवेश गर्न चाहनेहरूका लागि मार्गनिर्देशक (संवाहक) बन्ने र स्थानीय स्तरमै उद्यमशीलता विकास गर्ने अभियानमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय