चर्चित

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट आर्थिक वर्ष २०८१/८२ मा २२ अर्ब १६ करोड ११ लाख ७२ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने प्रमुख वस्तुहरूमा चिया, अलैंची, प्लाइ तथा भेनियर, अदुवा र अम्लिसो रहेका छन्। सबैभन्दा धेरै चिया निर्यात भएको छ, जसको मूल्य ९ अर्ब ५५ करोड ८५ लाख रुपैयाँ रहेको छ। त्यसपछि अलैंची ६ अर्ब ५९ करोड २० लाख, प्लाइ तथा भेनियर ३ अर्ब ८५ करोड ७१ लाख, अम्लिसो १ अर्ब ९ करोड, अदुवा २७ करोड २६ लाख, बन्दा ८ करोड ६० लाख, जडीबुटी ९ करोड १३ लाख र मसुरो दाल ९ करोड ७ लाख बराबरको निर्यात भएको तथ्याङ्क छ।

सोही अवधिमा उक्त नाकाबाट ३ अर्ब ४६ करोड १ लाख ६६ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात समेत भएको छ। आयात हुने वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, फलफूल, लसुन, आलु, मकै र पशु दाना प्रमुख छन्।

आयाततर्फ कोदो १७ करोड ७० लाख ७२ हजार, चामल ९ करोड २७ लाख, ताजा तरकारी ३८ करोड ३२ लाख, ताजा फलफूल ३८ करोड ११ लाख, लसुन ६४ करोड १५ लाख, र आलु ७३ करोड ८६ लाख बराबरको रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय