
नर्सरी व्यवसायी संघ नेपालद्वारा लुम्बिनी, मधेस र कोशी प्रदेशमा सञ्चालन गरिएको नर्सरी व्यवस्थापन तालिम सफलतापूर्वक सम्पन्न भएको छ । संघले आफ्नो कार्ययोजना अनुसार प्रदेशस्तरीय संरचनालाई सशक्त बनाउँदै नर्सरी क्षेत्रको विकास, आधुनिकीकरण र व्यावसायिकीकरणमा योगदान पु¥याउने उद्देश्यका साथ निशुल्क तालिम सञ्चालन गरेको थियो । तालिममा शेषनारायण महर्जन प्रमुख प्रशिक्षक रहनुभएको थियो भने सहायक प्रशिक्षकहरुमा प्रविन्द्र महर्जन, श्याम सुन्दर प्रजापति र किरण खरेल रहनुभएको थियो ।
लुम्बिनी प्रदेशको तालिममा के–के भयो ?
लुम्बिनी प्रदेशको होटल दियालो बुटवलमा २०८२ असार २४ र २५ गते भएको तालिममा ५ ओटा जिल्लाका ४१ जना नर्सरी व्यवसायीहरुको उपस्थित रहेको थियो । तालिममा नर्सरी व्यवस्थापन, बिरुवा उत्पादन प्रक्रिया, जैविक मलको प्रयोग, सिजनअनुसारको बोटबिरुवा व्यवस्थापन, गुणस्तरीय बीउको छनोट तथा व्यवसायिक मोडल र सरकारी नीतिसँगको समन्वय लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
बुटवल उप–महानगरपालिका कृषि शाखाका प्रमुख सन्तोष जि.सि.ले नर्सरी व्यवसायीलाई व्यवसाय उत्थान गर्न मेला प्रवर्धन लगायतका कार्यक्रमहरुमा सहयोग गर्ने र अन्य आवश्यक सहयोग गर्न बुटवल उप–महानगरपालिका सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
रुपन्देही जिल्ला अध्यक्ष गोपाल खरेलले यस्ता तालिमहरुले यस क्षेत्रका नर्सरी व्यवसायीहरुलाई अत्यन्तै लाभ पुर्याएको र सिकेको कुरालाई सहि सदुपयोग गर्दै उत्पादनमा लाग्न जोड दिनुभयो ।
नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै नर्सरी व्यवसायलाई केवल व्यवसाय मात्र नभई वातावरण, खाद्य सुरक्षा र रोजगारी सृजनासँग जोडिएको बहुआयामिक अभियानको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले स्थान–विशेष अनुसारको जलवायु, माटो र मागको आधारमा बिरुवाको उत्पादन प्रणाली विकास गर्न सकिने बताउनुभयो । यस्ता तालिमहरूले व्यावसायिक सोच राख्ने युवालाई समेत आकर्षण गर्ने कुरामा उहाँको जोड थियो ।
तालिमको खर्च
पहिलो दिन केन्द्रका कार्यसमीती र प्रशिक्षकहरुलाई “स्वागत डिनर” को लागि सेवा कोकोपिटका संचालक नविन शर्माले भुक्तानी गर्नुभयो । त्यसैगरी तालिममा खाजा तथा खाना बापत सहभागीहरुले स्वतः स्फुर्त रुपमा प्रति व्यक्ति रु. १५०० का दरले रकम उपलब्ध गराएका थिए । बाँकी नपुगको लागी नर्सरी व्यवसायी संघ नेपाल रुपन्देही जिल्ला कार्यसमितीका पदाधिकारीहरूले खर्चको व्यवस्थापन गरेका थिए । साथै कार्यसमिति र प्रशिक्षकहरूलाई बिदाई भोजमा चेरिस नर्सरीका संचालक भक्त खड्काले खर्च व्यवस्थापन गर्नुभएको थियो ।



तालिमको खर्च
तालिम अवधिभरीलाई केन्द्रिय कार्यसमितीका पदाधिकारीहरू प्रशिक्षकहरु, तालिममा सहभागी हुने खाना खाजा र हल व्यवस्थापन लगायत सम्पूर्ण खर्च नर्सरी व्यवसायी संघ नेपालका सर्लाहि जिल्ला समितिका अध्यक्ष मोहन बस्नेत र कार्यसमीतीका पदाधिकारीहरुले समेत व्यक्तिगत तर्फबाट आवश्यक रकम खर्च व्यवस्थापन गरिएको थियो ।
कोशी प्रदेशको तालिममा के–के भयो ?
कोशी प्रदेशको सूर्योदय नगरपालिका ०८ इलाम विश्व होटेलमा २०८२ असार २८ र २९ गते भएको तालिममा ३५ जना नर्सरी व्यवसायीहरुको उपस्थित रहेको थियो । तालिममा नर्सरी व्यवस्थापन, बिरुवा उत्पादन प्रक्रिया, जैविक मलको प्रयोग, सिजनअनुसारको बोटबिरुवा व्यवस्थापन, गुणस्तरीय बीउको छनोट, तथा व्यवसायिक मोडल र सरकारी नीतिसँगको समन्वय लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिममा प्रमुख अतिथिको रुपमा रहनुभएका सूर्योदय नगरपालिका उप–प्रमुख दुर्गा कुमार बरालले भारतबाट आयात हुने बिरुवा रोक्न स्वदेशी उत्पादनलाई बढवा दिन यस्तो तालिम कोसेढुगा सावित हुने भएकोले नर्सरी व्यवसायी संघ नेपाललाई आगामी दिनमा समेत यस्ता तालिमहरु निरन्तर चलाइरहनुपर्ने बताउनुभएको थियो ।
रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार तामाङले रोङ गाउँपालिका इलामको प्रवेशद्वार रहेकोले नर्सरी विकास गर्नुपर्ने कुरामा जोड दिँदै पालिकाले आवश्यक सहयोग गरिरहेको र आवश्यकता अनुसार सहयोग भइरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सूर्योदय नगरपालिका वडा नं ०८ का वडा अध्यक्ष जंग बहादुर गुरुङ्गले नर्सरी व्यवसाय प्रवद्र्धन कार्यक्रममा वडास्तरबाट आवश्यक सहयोग भइरहने र वडाबाट सम्भव नभएका प्रस्तावहरुलाई पालिकामा समेत पुर्याइ आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
संघकि इलाम जिल्ला अध्यक्ष लासाङ तामाङले इलाम फुल र जडिबुटीको लागि अत्यन्तै सम्भावना भएको जिल्ला रहेको र अब युवाहरु यस क्षेत्रमा व्यवसायिक उत्पादनमा लाग्ने गरी आउनलाई आग्रह गर्नुभयो, साथै केन्द्रले आफ्नो जिल्लामा तालिम संचालन आयोजना गरेकोमा अत्यन्तै खुशी व्यक्त गर्नुभयो ।
संघका केन्द्रिय अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले स्थानिय उत्पादनलाई जोड दिई इलाम घुम्न आउँदा एउटा मात्र भएपनि बिरुवा बोकेर जाने वातावरण बनाउन र बागवानी बजार स्थापनाका लागि सरकारी स्वामित्वको जग्गा मिलाइदिनुहुन समेत आग्रह गर्नुभयो ।
तालिमको खर्च व्यवस्थापन
तालिम अवधिभरीकोे खाजा, चिया, खाना सहित जम्मा जिल्ला समितिले र यस तालिममा केन्द्रबाट समेत भुक्तान गरिएको थियो ।
यसैगरी केन्द्रिय कार्य समिती अन्तर्गत ४ जना र प्रशिक्षक गरी ५ जनाको यातायात तथा आवास स्वरुपको खर्च ५१,२००/– मध्ये क्रमशः अध्यक्ष रामजी प्रसाद तिमिल्सिना, सचिव प्रविन्द्र महर्जन, कार्यसमिती सदस्य श्याम सुन्दर प्रजापति र कार्यसमिती सदस्य किरण खरेलबाट प्रतिव्यक्ति १२,८००/–का दरले भुक्तानी गरिएको थियो ।