चर्चित

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका २० स्थित भालढुगांमा श्री कोकाह कृषक समूह, धरान २० का २२ जना  कृषक सदस्यहरूको कुल जम्मा १८ हेक्टर क्षेत्रफलमा जग्गा सुधार तथा चक्लाबन्दी खेतीको सुरुवात जग्गा सुधार तथा चक्लाबन्दी खेतीको सुरुवात गरिएको छ । सुनसरी जिल्लाको धरान २० अन्तर्गतको पहाडि क्षेत्र भालढुगां, बरडाँडा, विष्णुपादुका र बराहक्षेत्रको चियाबारी, सुर्यकुण्ड लगायतका क्षेत्रहरूमा जग्गा साना तथा भिराला रहेकोले युवा पुस्ताहरू परम्परागत तरिकाबाट खेति गर्न असहज महसुस गर्दै खेतिपातिबाट बाहिर निस्कने र गाउँको अधिकांश जग्गाहरू बाँझो रहेकोले जग्गा चक्लाबन्दी गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, सुनसरीबाट शुरूवात गरिएको प्रमुख दिपेन्द्र पोखरेलले बताए ।

चक्लाबन्दी कार्यक्रम शुक्रबार उपमहानगरपालिका प्रमुख  तिलक राईले कार्यक्रमको उद्घाटन गरेका हुन् ।  चक्लाबन्दीमा स्थानीय जातको मुल्यवान धान खेती प्रदर्शनी कार्यक्रम तथा चक्लाबन्दीमा पकेट कार्यक्रम संचालन हुने नगर प्रमुख तिलक राईले थपे । साथै जग्गा सुधार गरिएका पाखाका अधिकांश जग्गाहरूमा यान्त्रिकिकरण समेत गर्न सहज हुने भएकाले कृषकहरूलाई व्यावसायिक हुन टेवा पुग्ने र परियोजनाले केहि वर्ष सम्म बालि प्रणालिमा रहेर सेवा दिनुपर्ने समेत बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, सुनसरीबाट साना तथा साँगुरा जग्गा सुधार तथा यन्त्रमैत्री जग्गा तयारी तथा चक्लाबन्दीमा स्थानीय धान उत्पादन गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको हो । यो कार्यक्रमका लागि कुल लागत १५ लाख सन्तानब्बे हजार रुपैयाँ लाग्ने अनुमान गरिएको श्री कोकाह कृषक समूह, धरान २० का अध्यक्ष मचिन्द्र राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय