
रियाद (साउदी अरबिया): अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका (FIJA) को साउदी अरब शाखा औपचारिक रूपमा गठन भएको छ। फेडरेसनको केन्द्रीय कार्यालयसँग परामर्श र सहमतिपछि साउदी अरबमा कार्यरत नेपाली पत्रकारहरूको भेलाबाट उक्त शाखा गठन गरिएको हो।
नवगठित समितिको प्रमुख सल्लाहकारमा अमर सापकोटा चयन हुनुभएको छ । उहाँ एग्रो टाइम्स मिडिया नेटवर्कका अध्यक्ष पनि हुनुहुन्छ । समितिको अध्यक्षमा विष्णु घिमिरे (अन्तर्राष्ट्रिय पोस्ट मिडिया), उपाध्यक्षमा सुन्जित तामाङ (पिटी अनलाइन/प्रेस सञ्जाल), महासचिवमा रमण खनाल (प्रेस चौतारी नेपाल) रहनु भएको छ ।
त्यस्तै, कोषाध्यक्षमा अन्जान गुभाजु (मध्यपुर मिडिया दैनिक) र सूचना तथा अनुगमन संयोजकमा राज चेपाङ लिम्बु (अन्तर्राष्ट्रिय टिभी) निर्वाचित हुनुभएको छ । प्रवक्तामा लोकेन्द्र खड्का (अनटाइम टिभी) रहनु भएको छ भने सदस्यहरूमा रमजान दिन मिया (हिमालयन दृष्टि), लालबहादुर शिर्पाली (नेपाल ओके), नेत्र न्यौपाने (काठमाडौँ एक्सप्रेस), देवी बहादुर कार्की (नविन संचार) र तुल्सीराम आचार्य हिमालयन दृष्टि रहनुभएको छ ।
नवगठित समितिले पत्रकारहरूको हक हित, पेशागत सुरक्षा र साउदी अरबमा रहेका नेपाली पत्रकारहरूको अधिकार संरक्षणका लागि सक्रिय हुने प्रतिवद्धता व्यक्त गरेको छ ।