रचना: सुशील आचार्य
ठेगाना: तारकेश्वर न.पा.-५, गोलढुङ्गा, काठमाडौँ
सुन सुन दाजुभाइ सुन दिदीबहिनी
कृषि कर्म गरेदेखि मीठो खान पाइने
आफ्नै घर वरपर अनि खेततिर
अन्नबाली लगाएमा केही हुन्न पीर ।
अति स्याहारसुसार गर्नु अन्नबालीलाई
नाम चम्काउनु अनाज धेरै नै फलाई
टन्न खान लाउन पाइन्छ कृषि कर्म गरी
कहिल्यै पनि दुःख हुन्न लौ जीवनभरि ।
भकारीमा अन्न राखौँ सुरक्षित बनाई
मुसा कीरा केही लाग्दैन अति हुन्छ भलाई
कृषिप्रधान देश हाम्रो कृषि कर्म राम्रो
“कृषि कर्म गर्दै बिताऔँ यो जीवन हाम्रो” ।









