चर्चित

स्याङ्जा । आगामी निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं. २ बाट नेकपा (एमाले) का उम्मेदवार खिमबहादुर थापा मगरले आफ्नो चुनावी एजेण्डाहरू सार्वजनिक गर्दै विकास र समृद्धिको स्पष्ट मार्गचित्र प्रस्तुत गरेका छन्। थापाले मुख्य गरी राष्ट्रिय राजनीतिमा स्थिरता, लोकतन्त्रको सुदृढीकरण र जनताको हित अनुकूल संविधान संशोधन एवं कानुन निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्।

स्थानीय विकासका सन्दर्भमा उनले स्याङ्जाको शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। कृषि, पर्यटन र उद्योगको एकीकृत विकासमार्फत स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्ने र युवा पलायन रोक्ने उनको योजना रहेको छ। पूर्वाधार विकासतर्फ थापाले स्याङ्जाका सडक सञ्जालको स्तरोन्नति, हरेक घरमा शुद्ध खानेपानीको पहुँच र नदी नियन्त्रण एवं भू-संरक्षणका लागि प्रभावकारी कदम चाल्ने अठोट लिएका छन्। समग्रमा, स्याङ्जाबासीका दैनिक समस्या, आवश्यकता र भावनालाई संघीय संसदमा सशक्त ढंगले प्रस्तुत गर्दै क्षेत्रको चौतर्फी विकासका लागि आफूलाई मतदान गर्न उनले मतदाताहरूसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय