चर्चित

ऐसेलु सँग नेपाली पहाड र नेपाली मनमा एउटा गहिरो नाता छ , यसपाला पनि ऐसेलु फलेर भ्याइन आँट्यो । बनैलाई पहेँलपुर बनाएर फल्ने यस फल काँढा भित्र लुकेको एउटा बुट्यान अझ भनौ झाडीभित्र पाइन्छ ।

अग्रेंजीमा गोल्डेन हिमालयन र्यास्पबेरि भनिने ऐसेलुको नेपालमा सामाजिक, सास्कृतिक अनि जिवनशैलीगत पहिचान धेरै छ । हामीमध्य धेरैको बाल्यकाल ऐसेलुको याद वरिपरि घुमेको हुनसक्दछ, एसेलु टीप्न जाँदा काँढाले बनाएका खतहरु हामीमध्य धेरैका हातमा हुनसक्दछन् ।
लुकामारी खेल्दा यिनै बुट्यान वरपर लुकेका यादहरु ताजा राख्दै बिदेशिएका धेरै नेपाली मनहरुलाई ऐसेलुले घर अनि देशको मिठो याद दिनसक्दछ, हैन र रु ऐसेलु खासमा गुलाफ प्रजातीको एकथरिको वनस्पती हो । ५ देखि ५ मिटर लामो डाँठ हुने यस बुट्यानको उचाई भने १२ फिट सम्म हुनसक्दछ ।

सामान्यतया माघ देखि साउन सम्म ऐसेलु खान पाइन्छ । धेरै चराहरु अनि हात्तिहरुका प्रिय पात अनि फल पनि ऐसेलु हो । यसअर्थमा मान्छे लगायत अन्य प्राणीहरु पनि ऐसेलुले धानेको हुनेगर्दछ । तिब्बती परम्परागत उपचार पद्धतीमा ऐसेलुका रस, पात अनि डाँठलाई बिभिन्न रोग अनि दुखाई क मगर्न प्रयोग गरिने गरिएको इतिहास छ । निलो र बैजनी रंग बनाउनकालागी पनि ऐसेलुको पात प्रयोग हुने गरिएको पाइन्छ । सिक्कीम लगायतका ठाँउहरुमा ऐसेलुलाई पेट दुखाई कम गर्न र पाचन प्रणाली मजबुत बनाउन समेत औषधीकारुपमा प्रयोग गरिन्छ ।

नेपालमा भने व्यवसाहीक ऐसेलु खेती नभएकाले ऐसेलुको उपयोग सँस्थागत गर्न सकिएको छैन । ऐसेलुको वाईन पनि निकै मुल्यवान र दुर्लभ मानिन्छ, सहज प्रशोधन तरिका र व्यवसाहीक खेती गरिएमा ऐसेलु त जीवनयापनको आधार पनि बन्न सक्छ है ।
साभार हाम्रो पात्रो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय