ढैंचा (हरियो मल) एउटा यस्तो खालको बिरुवा हो, जसको डॉठ र हॉगाहरु सबैजसो नरम हुन्छन् र माटोमा पल्टाइ दिएमा केही दिनमै सजिलैस‘ग कुहिने गर्दछ । हरियो अवस्थामा नै यसलाई माटोमा मिलाइ मलको काम लिने भएकै कारणबाट यसलाई हरियो मल भन्ने गरिएको हो । नेपालमा यसको स्थानीय नाम गिर्खे ढैंचा हो । यो ढैंचा पनि कोसेवाली वर्गमा पर्ने भएको हु‘दा कोसेवालीको जरामा जस्तै यसमा पनि बायुमण्डलको नाइट्रोजन सोस्ने गिर्खाहरु हुने भएकाले, यसलाई हरियो मलको रुपमा प्रयोग गरिएको हो । यसको प्रयोगबाट धानबालीको उत्पादनमा २५ प्रतिशत जति बृद्धि भएको पाइएको छ ।
ढैंचाको बीऊ छर्नुपर्दा बैशाखदेखि असारको पहिलो हप्तासम्म छर्न सकिन्छ ।
बीऊ छर्दा खेतमा हल्का चिस्यान हुनु जरुरी छ । खेत एकपटक जोतेर बीऊ छर्ने र बीऊ छर्दा प्रतिकट्ठा एक केजीका दरले छर्नुपर्दछ । यसरी छरेको ढैंचालाई ५-६ हप्ता पुगेपछि पानीस‘ग खेत जोतेर पल्टाउनुपर्दछ । यसरी जोतेर कुहाएको हरियो मलमा एक हप्तापछि धान रोप्न सकिन्छ ।
यो हरियो मलमा नाइट्रोजन, फस्फोरस र पोटास राम्रोस‘ग प्राप्त हुने गर्दछ । यसमा सबैभन्दा बढी नाइट्रोजन नै हुने हु‘दा विरुवा चॉडै बढ्नमा मद्दत पु¥याउ‘छ । यदि हामी सबैले रासायनिक मलको विकल्पमा हरियो मल मात्र प्रयोग गर्ने बानी बसाल्ने हो भने न माटो नै बिग्रने डर न त उत्पादन घट्ने डर । त्यसैले सकिन्छ भने प्रतिवर्ष नै प्रयोग गर्ने गरौं । यदि सकिदैन भने एक वर्ष बिराएर भए पनि हरियो मल प्रयोग गर्ने गरे माटोलाई बिग्रनबाट सहजै बचाउन सक्छौं ।
हाम्रो देशमा माटोको अबस्था सुधार गर्नको लागी केहि कृषकहरुले धान बालीको लागी हरियो मलको प्रयोग गर्ने प्रचलन शुरुआत गरी सकेका छन् । हाल सम्म प्रयोगमा आएका तथा सजिलै संग उपलव्ध हुन सक्ने हरियो मल निम्न प्रकारका छन् ।
१.ढैंचाः– यस्का जातहरुमा सेस्वानिया क्यानाबिना र सेस्वानिया रोस्ट्रटा हुन् ।
२. सन्हेम्प ( सनई ) : – यस्का जातमा क्रोटोलेरिया जुन्सिया हो ।