पृथ्वी भुजेल – मिहिनेत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल बनेका छन् षडानन्द नगरपालिका –२ का विष्णु प्रसाद अधिकारी । बिहानीको झिसमिसे उजेलीसँगै झमक्कै साँझले उज्यालो नछोपुन्जेल कृषि व्यवसायमा रमाइरहने यी विष्णु सफल व्यवसायीको रूपमा परिचय बनाउनसमेत सफल भएका छन् । व्यवसाय सुरु गरेपछि विभिन्न समयमा समस्या भए पनि निरन्तरताले नै सफल व्यवसायी बनेका हुन् । उमेरमा केही कमाउने जोसले विभिन्न विदेशी मुलुकमा पुगेका विष्णु यतिबेला विदेशको भन्दा बाख्रा पालनबाट राम्रो आम्दानी लिँदै आएको बताए ।
अधिकारी बाख्रापालनबाट राम्रो आम्दानी हुने सोचका साथ ब्यवसाय सुरु गरेका थिए । २०७७ सालमा उनले बाख्रापालन सुरु गरेका थिए । थोरै लगानीमा सुरु गरेको उनको ब्यवसाय सफल बन्नमा अधिकारीको बुबा आमा र परिवारको ठूलो हात रहेको उनले बताए । सामान्य रूपमा बाख्रापालन सुरु गरेका विष्णुले फर्ममा अहिले ३० वटा बाख्रा रहेको उनले बताए ।
व्यवसाय सुरु गर्न अघि घरखर्च चलाउन साहुकैमा पुग्नु उनका लागि कुनै नौलो कुरा थिएन । महंगो ब्याजमा लिएर घरखर्च चलाउनु उनको बाध्यता नै थियो ।

घरखर्च चलाएको ऋण तिर्नैका लागि पराइको भूमिमा पुगेका विष्णुले सोचेजस्तो कमाइ गर्न सकेनन् । विदेशी भूमिमा गरेको मिहिनेतलाई आफ्नै गाउँमा व्यवसायमा खर्चेसँगै विदेशको भन्दा चौगुना आम्दानी लिँदै आएको बताउँछन । विष्णुले ब्यवसायलाई अझ ब्यवस्थित बनाउने लक्ष्यका साथ पाथी भरा साल्पा कृषि तथा पशु पन्छि ।।। फर्म नै दर्ता गरेर निरन्तरता दिँदै आएका छन् । पछिल्लो समय उनको फर्ममा बयरजातका पाठापाठी उत्पादन सुरु गरेका छन् । सामान्यतया बयरजातको पाठापाठी महंगो भए पनि आम्दानी राम्रो हुने भएकाले मासुकै दाममा बिक्री गर्दा पनि जापान अमेरिकामा हुने आम्दानी घरैमा बसेर लिन सकिने विष्णुले बताए ।

बाख्रापालनबाट आएको आम्दानीले घरखर्च तथा बचत गर्दै आएको पार्वतीले बताइन् । उनको फर्म मा बाख्रा मात्र नभई तित्रा,हास, बताई,टर्की लगायत अन्य पंक्षीहरु पनि पालन गरेका छन्। कृषि क्रान्ति अभियान नेपाल को सहयोगमा त्यहाँको गाउँ नै परिवर्तन भएको छ आफैमा आत्मनिर्भर हुन नसकेको त्यो गाउँ अहिले कृषि मय बनेको त्यहाँको नगर प्रमुख बताउँछन्।कृषि क्रान्ति अभियान नेपालको कृषिको दिगो विकास यवम कृषिमा आधुनिकीकरण, विविधीकरण र व्यवसायीकरण गरी कृषिमा उत्पादकत्व वृद्धि गर्नको लागि खोलिएको संस्था हो।









