
प्रह्लाद दाहाल
महासचिव, नेपाल डेरी एसोसिएसन
दूध र दुग्ध क्षेत्रको माध्यमबाट पुगेको योगदान, पोषण तथा खाद्य सुरक्षा एवं जिविकोपार्जनको उच्च मूल्याकंनका साथ सम्मान गर्दै दूधको महत्व बुझाउँदै उपभोग बढाउन खाद्य तथा कृषि संगठन अर्थात एफ.ए.ओ.ले जुन १, २००१ वाट विश्व दूध दिवस मनाउन शुरु गरेको इतिहास पाइन्छ ।
यसरी हेर्दा यस पटक विश्वभर २१ औं अन्तराष्ट्रिय विश्व दूध दिवस जुन १ मा विभिन्न कार्यक्रमहरु गरी मनाइने भएको छ । तर यश पटक भने विश्व नै कोरोनाको महामारीमा रहेकोले गत वर्षको जस्तो कार्यक्रमहरु नहुन सक्छन्। नेपानलमा पनि आम जनतालाई दूधको उपभोगमा वृद्धि गर्न र चेतना फैलाउने उद्देश्यले सन् २०११ बाट विश्व दूध दिवस मनाउन शुरु गरेको तथ्य छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोश्रो लहरको जोखिम न्युनीकरणका लागि अहिले देशभर लकडाउन गरिएको छ । यसबाट बच्ने एकमात्र उत्तम उपाय भनेको सामाजिक दुरी कायम गर्नु नै हो। यसलाई मध्यनजर गर्दै सरोकारवाला सबैले यस पटक सहाज हुने तरिकाले स्वास्थ सुरक्षाका सबै उपाय अपनाइ आ–आफ्नो संगठनका सबै तहमा यहि बैशाख १६ गतेदेखि विभिन्न कार्यक्रम तय गरि मनाउने भएका छन् । कार्यक्रम हुने दिन पनि देशमा लकडाउनकै अवस्था रहने भएकोले यस पटक भने गत वर्षहरुको जस्तो अन्य भव्य कार्यक्रमहरु नहुने निश्चित छ ।
गत वर्षहरुमा सरोकारवाला सबैले आ–आफ्नो तरिकाले आश्रम, बालकेन्द्र, हस्पिटल, क्लब, पशुपति अन्य सार्वजनिक स्थानमा दूध तथा दुग्ध पदार्थ वितरण, र्याली , कविता, निबन्ध, स्पिच प्रतियोगिताहरु आयोजना गरि भव्य तरिकाले साता ब्यापी कार्यक्रम गरि मनाइन्थ्यो ।
यो लकडाउनको प्रभाव दूध क्षेत्रका सबै तहमा परेको छ । अहिलेको अवस्थामा पशुलाई दाना चोकर उपलब्ध नहँदा पशुपालन व्यवसायमा ठूलो असर छ, दैनिक दूध विक्री भएको छैन, दूध उत्पादन घटेको छ, पशुपालनमा अन्य धेरै असहजता आउनुका साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै असर परेको छ । आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा पनि यसले असर परेकै छ । हालको असहज अवस्थाले दूध संकलनमा करिव ६०र७० प्रतिशतले कमी आएको र बजार पनि त्यही अनुसार गिरावट आएको छ । कृषकहरुले विगत केहि महीनादेखि भुक्तानी नपाएको अवस्था छ ।
केन्द्रिय स्तरमा ूविश्व दूध दिवस यस पटक २०७८ू राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकायहरु पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ लि, नेपाल डेरी एशोशिएसन, डेरी उद्योग संघ,केन्द्रिय पशुपन्छी पालन सहकारी संघ लि। तथा नेपाल डेरी साइन्ज एशोशिएसनको सहयोगमा देशमा भएको बन्दाबन्दीलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने तय भएको छ ।
त्यस्तै, सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रादेशिक दुग्ध विकास बोर्ड, पशु विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध उद्योगका एसोसिएसन लगायतका सरोकारवाला निकायहरुले आ९आफ्नो तरिकाले कार्यक्रम गरि विश्व दूध दिवस मनाउने गरि तय गरिएको छ ।
गत वर्षहरुमा भने राष्ट्रिय दुग्ध विकास बोर्डले सबै सरोकारवालाहरुलाई भौतिक रुपमै उपस्थित गराइ साता ब्यापी विभिन्न कार्यक्रमहरु गर्ने गर्दथ्यो । महिनौंदेखिको तयारी, देशभरि दुग्ध क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्था अनि व्यक्तिलाई गरिने सम्मान, बाजागाजाका साथ विभिन्न सन्देश मुल्क लेखिएका नारासहितका प्ले कार्ड, कार्यक्रम सकिएपछि खानको लागि वितरण गरिने दूध तथा दुग्ध पदार्थ , दुग्ध क्षेत्रमा लाग्ने देशभरका तमाम सबैको एकै प्रकारको पहिरहनमा हुने जमघट अनि सरोकारवालाहरु सबै एकै ठाउँमा बसि राखिने सकारात्मक मन्तब्य र भब्य औपचारिक कार्यक्रमले दुग्ध क्षेत्रमा लाग्ने सबैलाई एउटा ठूलो पर्वको रुपमा स्थापित भएको छ ।
यसरी दूध दिवस मनाउनुको पनि उदेश्य छ । पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग बृद्धि गरि प्रचार प्रसार गर्न, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न , जनचेतना जगाउन, दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन, दूध तथा दुग्ध पदार्थको उपभोग मार्फत खाद्य पोषण सुरक्षणमा सुनिश्चित गर्न सहयोग पुर्याउने उदेश्यले विभिन्न कार्यक्रम गरिन्छ ।
यस वर्ष राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यक्रम जेठ १४ देखि २३ गते सम्म पत्रपत्रिका, एफएम, विद्युतीय माध्यम आदि मार्फत प्रचार प्रसार गर्ने, जेठ १७ गते सरोकारवालाहरु बीच भर्चुअल बठैकमाफर्त मिडिया व्रिफिङ्ग गर्ने, जेठ १८ गते सरोकारवाला निकायहरुबीच भर्चुअल बठैक मार्फत दूधको महत्व वारे प्रकाश पार्नुका साथै दुग्ध क्षेत्रको वर्तमान अवस्था एवं दूध एक पोषण युक्त खाद्य पदार्थ विषयक कार्यपत्र प्रस्तुति गर्ने कार्यक्रम रहेको छ ।
यसरी नै निजि दुग्ध क्षेत्रको सबैभन्दा पुरानो देश भरकै सबैभन्दा ठूलो संजाल भएको नेपाल डेरी एसोसिएसनले पत्र मार्फत आफ्ना सबै तहमा रहेका देशैभरीका सबै डेरी उद्योग, सातै प्रदेश कमिटी, जिल्ला समिति र स्थानीय तहलाई साता ब्यापी कार्यक्रम गर्न निर्देशन गरिसकेको छ । कार्यक्रममा बालबालिका गृह, जेष्ठ नागरिक आश्रम, सुरक्षा कर्मी, हस्पिटल, आइसोलेसन केन्द्र लगायत विभिन्न स्थानमा दूध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने भएको छ । सोही क्रममा कतिपय स्थानमा डेरी उद्योगले लकडाउन सुरु भएदेखि नै कोभिड प्रभावित विभिन्न ठाउँमा दूध तथा दुग्ध पदार्थ वितरण गर्दै आइरहेको छ ।
दूध एक पुर्ण पौष्टिक आहार हो । दूधको महत्व अति धेरै नै छ। यसको पुर्ण महत्व बुझी दूध तथा दुग्ध पदार्थ सेवन गर्ने कुरामा जागरण गराउनु पर्यो । यस्तो महत्वपूर्ण खाद्य पदार्थको सहि तरिकाले बुझाउन सक्ने हो भने यस्ता महामारीमा खाद्य संकटबाट समेत बच्न सकिन्छ । यदि खाद्य संकट आयो भने महिनौं दिनसम्म दूध मात्र सेवन गरेर बाँच्न सकिन्छ। दूधमा विभिन्न पोषक तत्वहरु खासगरि प्रोटिन, चिल्लोपदार्थ, ल्याक्टोज, खनिजपदार्थ, भिटामिन आदि मानव शरीरलाई आवश्यक सबै तत्व पाइन्छ । मानव जीवनमा दूधको महत्व निकै नै रहेकोछ ।
मानिसको शरीरिक वृद्धि विकास, दैनिक क्रियाकलाप, मेटावोलिक क्रियाकलाप, उत्पादन एवं प्रजजन क्षमताको विकास गर्न अत्यावश्यक प्रोटिन, ल्याक्टोज, चिल्लो पदार्थ, खनिजपदार्थ तथा भिटामिन पौष्टिक पदार्थ दूधमा पाइन्छ । खाद्य पोषणको अभावमा बाल बालिकाको शारीरिक वृद्धि नहुने, उमेर अनुसारको तौल नपुग्ने, प्रजनन क्षमतामा ह्रसा आउने जस्ता लक्षणहरु भएमा पनि दुध तथा दुग्ध पदार्थको नियमित सेवनले हटाउन सहयोग पुर्याउने देखिन्छन् ।
दूधले मानव शरीरलाई आवश्यक क्यालोरी प्रदान गर्दछ । उचित खानपानको अभावका कारण शरीरमा प्रायः क्यालसियमको कमी भई हाड कमजोर हुने गरेको पाइन्छ । चिकित्सकहरुले क्यालसियम युक्त औषधिको सेवन गर्ने सिफारीसका साथै नियन्त्रणका लागि नियमित दूधको सेवन गर्ने सल्लाह पनि दिने गरेको पाइन्छ । यसकारण दुध एक सेवन गर्ने पदार्थ मात्र नभएर रोग प्रतिरोधात्मक क्षमता भएको विशेष पेय पदार्थ पनि भएको प्रमाणीत भैसकेको कुरा हो । शाकाहारीहरुको भोजनमा माछा मासुको ठाउँमा दूधको सेवन उत्तम भोजनको रुपमा मानिदै आएकोछ । दूधले पोषण प्रदान गर्नुका साथै चिल्लो पदार्थले खाद्यपदार्थलाई सुगन्धीत एवं वास्नादार बनाउँदछ । प्रतिरक्षा प्रणालीको विकासमा पनि दुधले उत्तिकै महत्व राख्दछ ।
जिवाणु, विषाणु तथा शरीरलाई हानी गर्ने कारकतत्वको विरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणालीले सहयोग गर्दछ । प्रतिरक्षा प्रणालीले एन्टिजेनको विरुद्ध लड्नुका साथै शरीरलाई रक्षा गर्दछ । दूधको सेवनले रोग विरुद्ध लड्न सक्ने शक्ति प्रदान गर्दछ । हाल महामारीको रुपमा फैलिएको कोभिड ९ १९ ९ कोरिना भाइरस० को दोश्रो लहरको संक्रमण नियन्त्रण गर्न दूधको सेवन गर्नु निकै उपयोगी भएको कुरा खाद्य विद एवं चिकित्सा विज्ञहरुले भन्ने गरेका छन् । दूध एक सन्तुलित आहार पनि हो । नवजात शिशु ९६ महीनासम्म० को लागि आमाको दूध एक सन्तुलित, पूर्ण खाद्यपदार्थ हो। निजहरुको शारीरिक वृद्धि विकासमा आमाको दूध पर्याप्त हुन्छ । के बालक के वृद्धा हरके उमेर समूहकाहरुलाई दूध एक महत्वपूर्ण खाद्यपदार्थ हो।
त्यसैले अब दुधको यति धेरै महत्व बुझेपछि पशुपालन पेशालाई प्रबर्द्धन गर्न हामी आम सरोकारवालाहरु एक ठाउँमा भइ लाग्नुपर्दछ । यस पटक यस्तो विषम परिस्थितिमा बोर्डले दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्ध दीर्घ जीवन भन्ने समय सान्दर्भिक नाराका साथ देशका सबै सरोकारवालाहरु मिलेर जेठ १८ गते नेपालमा १० औं विश्व दूध दिवस मनाइन गइरहेको छ।
यसै अवसरमा हामी पनि सबैजनाले आ९आफ्नो तर्फबाट आफ्नै तरिकाले यो महाअभियानमा सरिक बनौं र नेपाली कृषि प्रणालीमा सहभागी बनी आम किसानको सम्मान गरौं ।
लेखक दाहाल लामो समयदेखी डेरी क्षेत्रमा काम गर्दै आउनुभएको छ, उहाँ नेपाल डेरी एसोसिएसनका महासचिव समेत हुनुहुन्छ ।